प्युठान । माण्डवी गाउँपालिका–१ का वडाध्यक्ष बामबहादुर बुढाले आफ्नी स्वर्गीय आमाको सम्झनामा प्रतिक्षालय निर्माण गरेका छन्।
आमा यमकली बुढा मगरको सम्झनामा करिब २ लाख ४० हजार रुपैयाँ लगानी गरेर प्रतिक्षालय निर्माण गरिएको उनले जानकारी दिए।
लामपोखरीमा बनेको उक्त प्रतिक्षालय उद्घाटनसँगै स्थानीय खुशी भएका छन्। ऐतिहासिक मानिएको लामपोखरी क्षेत्रमा तिहार पञ्चमीका दिन मेला लाग्ने र विभिन्न संघ–संस्थाले भेला, बैठक र पिकनिक गर्ने परम्परा छ।
“आमाको सम्झनामा प्रतिक्षालय निर्माण मेरो ठूलो इच्छा थियो, त्यो पूरा भयो,” वडाध्यक्ष बुढाले भने, “आगामी दिनमा पनि सामाजिक काममा निरन्तरता दिनेछु।”
उनकी आमा यमकली बुढा मगरको गत वर्ष भदौ २१ गते ७५ वर्षको उमेरमा निधन भएको थियो।
Advertisement