• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

जोखिममा राउटे बालबालिका


  •   आइतबार, असोज २८, २०७५ मा प्रकाशित
  • दैलेख / गत साउन अन्तिम साता दैलेखको गुराँस गाउँपालिका–८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बस्दै आएका ३० वर्षीया राउटे प्रकाश शाहीको श्रीमती सुत्केरी भइन् । सत्र वर्षीया श्रीमती मिहिन शाहीबाट जुम्ल्याहा छोरी जन्मिए । दुई जनाको परिवारमा दुई छोरी जन्मिएपछि उनीहरूको खुशीको सीमा नै रहेन । त्यतिबेला सुत्केरी श्रीमतीलाई पोषिलो खानाका रुपमा भात खुवाउन प्रकाश ओखलमा धान कुट्न व्यस्त देखिन्थे । असोज पहिलो साता उनीहरु गर्चामा रहेको पातलेखोला किनार छोडेर बसाइँ सरी गुराँस गाउँपालिका–८ कै पाखापानी उक्लिए । गर्चामा बसोबास गर्दा प्रकाशको परिवारमा देखिएको खुशी एक महिना पनि टिक्न सकेन । त्यसको कारण थियो जन्मिएका जुम्ल्याहा दुबै छोरीको मृत्यु ।

    Advertisement

    घुम्दै–फिर्दै हिँड्ने राउटे अहिले सुर्खेतको लेकबेशी नगरपालिका–९ पुगेका छन् । फिरन्ते जीवन अपनाउने यो समुदाय अलग–अलग छाप्रामा बस्छन् । त्रिपाल र पातपतिङ्गरले छाएको बस्तीको बीचैमा एउटा छाप्रो छ । अन्य छाप्रामा जस्तो त्यहाँ कुनै चहलपहल देखिन्न । त्यही छाप्रोमा प्रकाशका दम्पति आगन्तुकतर्फ टुलुटुलु हेरिरहेका हुन्छन् । भर्खरै जन्मिएका दुई सन्तान गुमाएको पीडा उनीहरुको अनुहारमा प्रस्टै देखिन्छ । राउटे जातिका बालबालिकाको अवस्था दयनीय छ । सरसफाइमा ख्याल नगर्नु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, पोषणयुक्त खानपिनमा कमी, स्याहारसुसारमा कमीजस्ता कारणले पछिल्लो तीन महीनामा तीन बालबालिकाको ज्यान गइसकेको छ । मृत्युको क्रम बढेसँगै राउटेको जनसङ्ख्या घट्दै गइरहेको छ । गत साउनमा १५१ रहेका राउटे घटेर अहिले १४८ मा झरेको छ ।

    दैलेखमा बस्दा दुई बालिकाले ज्यान गुमाएपछि सुर्खेतको लेकबेशी नगरपालिकामा बसाइँ सरेका राउटे समुदायमा फेरि चार वर्षीया बालिकाले ज्यान गयो । राउटे चन्द्रमानजित शाहीका चार वर्षीया छोरी टोपी शाहीको लगातार खोकी लागेर ग्रस्त हुँदै अकालमै ज्यान गयो । यी तीनै बालबालिका मात्र नभई अहिले उक्त समुदायका अन्य बालबालिका पनि बिरामी छन् । बर्सात्को समयमा दैलेखमा चिसोमा रहेका राउटे समुदाय एक्कासि सुर्खेतमा पुगेका कारण मौसम परिवर्तनले बालबालिकामा समस्या उत्पन्न भएको राउटे परियोजनामा खटिएका अहेव विनोदकुमार बिसीले बताउनुभयो । सरसफाइमा ध्यान नदिनु, साना बालबालिकाले न्यानो कपडा नलगाउनु, खानपिनमा ध्यान नदिनु, बालबालिकालाई स्याहारसुसारमा कमीलगायत कारण बालबालिका जोखिममा परेको उहाँको भनाइ थियो । बिसीका अनुसार उक्त समुदायका धेरैजसो बालबालिका र वृद्धवृद्धाले औषधि खान मान्दैनन् । राउटे समुदायका बालबालिका मात्रै होइन वृद्धवृद्धा पनि जोखिममा छन् । समुदायका ६० वर्षीय कान्छाराम शाही एक सातादेखि बिरामीले थलिएका छन् ।

    आफूलाई जङ्गलका राजा भनेर चिनाउने राउटे समुदायमा चर्काे घाम र पानी छल्न बनाइएका टहरा, आधा शरीर ढाक्ने एकसरो कपडा । नवजात शिशुका लागि घाँसको ओछ्यान, बेवारिसे सुत्केरी महिलाको दृश्य देख्दा उक्त समुदायका बालबालिका र वृद्धवृद्धा जोखिममा रहेको अनुमान गर्न सकिन्छ । बालविवाह र असुरक्षित सुत्केरीका कारण बालबालिका मात्र नभई समुदायका महिला पनि जोखिममा पर्ने गरेका छन् । सोही कारण राउटेको जनसङ्ख्या बर्षेनी घट्दो छ ।

    आइतबार, असोज २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation