• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

लुम्बिनी सरकारद्वारा एक वर्षे उपलब्धि सार्वजनिक


  •   शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित
  • दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक वर्ष पूरा गर्दै ७६ बुँदे उपलब्धी सार्वजनिक गर्नुभएको छ। बिहीबार राप्ती उपत्यकाको देउखुरीमा आयोजित पत्रकार सम्मेलनमार्फत उपलब्धी विवरण सार्वजनिक गर्दै उहाँले प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा संस्थागत हुँदै गएको दाबी गर्नुभयो।
    ‘सुशासनलाई केन्द्रमा राखेर पाँचवर्षे रणनीतिक योजना अघि बढाइएको छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘राजस्व वृद्धि, पूँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ।’
    उहाँका अनुसार चालू खर्च घटाउँदै पुँजीगत खर्च बढाउने रणनीति कार्यान्वयनमा ल्याइएको छ। कर्मचारी व्यवस्थापनदेखि मन्त्रालय तथा मातहतका निकायको मूल्यांकनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको छ। प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले कानून निर्माणमा लुम्बिनीले सफलता हासिल गरेको उल्लेख गर्दै सामाजिक न्यायसँग सम्बन्धित बाँकी ऐनहरू यसै अधिवेशनमा पेस गरिने जानकारी दिनुभयो। सरकारको कार्यसम्पादन देखिने, भेटिने र सुनिने बनाउने लक्ष्यसहित सञ्चालन गरिएको नीति तथा कार्यक्रमबाट लुम्बिनीलाई संघीय अभ्यासको मोडल प्रदेशको रूपमा उभ्याउने प्रयास भएको प्रमुख सचिव बाबुराम अधिकारीले बताउनुभयो।
    कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव ईश्वरराज पौडेलले उपलब्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले स्वागत मन्तव्य राख्नुभएको थियो। सहजीकरण सचिव कविन्द्र नेपालले गर्नुभएको थियो।

    Advertisement

    प्राविधिक र सांस्कृतिक क्षेत्रमा तीन नयाँ पहल

    कार्यक्रमकै अवसरमा तीनवटा नयाँ योजनाको उद्घाटन र विमोचन गरिएको छ।
    मुख्यमन्त्री चेतनारायण आचार्यले ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सार्वजनिक गर्नुभएको छ भने कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले ‘किसान एप’को उद्घाटन गर्नुभयो।
    त्यसैगरी, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र मुख्यमन्त्री आचार्यले संयुक्त रूपमा ‘अभौतिक सांस्कृतिक सम्पदाको पुस्तक’ विमोचन गर्नुभएको छ। यी सबै कार्यक्रमहरू लुम्बिनी सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानमार्फत सञ्चालनमा ल्याइएको हो।

    शुक्रबार, साउन १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation