दाङ । गुरु पूर्णिमाको अवसर पारेर राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आफ्ना गुरुहरूलाई घरमै पुगेर सम्मान गरेका छन्।
अध्यक्ष विष्टले बाल्यकालदेखि माध्यमिक तहसम्म शिक्षादिने गुरुहरू शिवप्रसाद भुसाल, कृष्णप्रसाद पौडेल, मंगलप्रसाद चौधरी र कुलप्रसाद पौडेललाई घरमै पुगेर ढाका टोपी, मिठाई र आँपका विरुवा प्रदान गर्दै सम्मान गरेका हुन्।
“म जुन स्थानमा छु, त्यो मेरो गुरुहरूको प्रेरणा र शिक्षाले नै सम्भव भएको हो,” अध्यक्ष विष्टले भने, “गुरुहरूको योगदानलाई स्मरण गर्दै सम्मान गर्नु मेरो कर्तव्य हो।”
सम्मानित शिक्षकहरूले पुरानो विद्यार्थीबाट प्राप्त आदर र सम्मानप्रति खुसी व्यक्त गरेका छन्। शिक्षक शिवप्रसाद भुसालले भने, “आफूले पढाएको विद्यार्थी जनप्रतिनिधिको रूपमा उच्च स्थानमा पुगेको देख्दा गर्व लाग्छ, घरमै आएर सम्मान पाउँदा अझ खुशी लाग्यो।”
गुरु पूर्णिमाको दिन अध्यक्ष विष्टले गुरुहरूको योगदानलाई सम्झँदै शिक्षा र संस्कारको महत्वलाई पुनः स्मरण गराएका हुन्।
अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान
अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

Advertisement
तपाईको प्रतिक्रिया