• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान


  •   बुधबार, असार २५, २०८२ मा प्रकाशित
  • गुल्मी । मनसुन सक्रिय भएसँगै गुल्मी जिल्लामा सम्भावित प्राकृतिक विपद्बाट करिब २२ हजार नागरिक प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मी र सम्बन्धित सुरक्षा तथा आपतकालीन व्यवस्थापन निकायहरूले तयार पारेको जोखिम मूल्याङ्कन प्रतिवेदनअनुसार अनुमानका आधारमा यस वर्ष मनसुन अवधिमा पहिरो, बाढी र डुबानजस्ता विपद् घट्न सक्ने सम्भावना उच्च रहेको जनाइएको छ ।
        मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, रेडक्रस, गैरसरकारी संघ संस्था र पत्रकारसँग विपद् पूर्व तयारी सम्बन्धमा अन्तरक्रिया समेत गरिएको छ। विपद्बाट जनधनको क्षति कम गर्न र विपद भइहालेमा तत्कालै उद्धार र राहत बारेमा छलफल समेत गरिएको थियो ।
       विगत वर्षहरूमा मनसुनको समयमा आएको बाढी, पहिरो, डुबान, सडक अबरुद्ध र घर क्षतिजस्ता घटनालाई आधार मानेर यो वर्ष अझ बढी सावधानी अपनाउनुपर्ने आवश्यकता देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो । जिल्लाका पहाडी र भौगोलिक दृष्टिले संवेदनशील क्षेत्रमा बसोबास गर्ने करिब २२ हजार नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष कुनै न कुनै रूपमा असरमा पर्ने अनुमान गरिएको गैरेले बताउनुभयो ।
       जिल्लाका १२ वटा स्थानीय तहका उच्च पहाडी क्षेत्रमा पहिरोको सम्भावना उच्च भएकाले त्यहाँका स्थानीय बासिन्दालाई सतर्क रहन पनि आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सम्भावित जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहसँग आपतकालीन उद्धार तथा राहत कार्यका लागि पूर्वतयारी योजना निर्माण गरिएको छ ।
       विपद् व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति क्रियाशील बनाइएका छन् । जिल्ला भर साना ठूला राजमार्गहरुको अवस्थाको बारेमा नेपाल प्रहरीले निरन्तर अनुगमन गस्ती गर्दै आइरहेको छ ।
       यसवर्ष मनसुनजन्य विपद बाट हाल सम्म  ५ वटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक नारायणप्रसाद अधिकारीले बताउनुभयो ।   जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी, अस्थायी बासस्थलको व्यवस्थापन, खाद्यान्न, लत्ता–कपडा, औषधि लगायतका राहत सामग्रीको जोहो, र उद्धार टोलीको तयारी पूर्ण अवस्थामा राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
       सुरक्षा निकायहरूमध्ये नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तत्काल परिचालन गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको छ । साथै रेडक्रस, नागरिक समाज, विभन्न गैरसरकारी संस्था, युवा क्लब, सामुदायिक संस्था र स्वयम् सेवक समूहहरूसँग पनि सहकार्य भइरहेको प्रशासनले जनाएको छ ।
       त्यस्तै विपद् उद्धारको लागि सशस्त्र प्रहरी वल गुल्मले चन्द्रकोट गाउँपालिकाको मजुवामा अस्थायी क्याम्प समेत स्थापना गरेर तयारी अस्वथामा राखिएको छ । त्यस स्थानमा सदरमुकामबाट जान ढिलाई हुनसक्ने सम्भावनालाई मध्य नगरराखेर विपद् उद्धारमा सक्रिय प्रहरी युनिट राखिएको सशस्त्र प्रहरी वल ३७ नम्बर गुल्मीका प्रहरी नायब उपरीक्ष पवन खड्काले बताउनुभयो ।
        उहाँले कुनै पनि ढाउमा विपद तथा जोखिम अवस्था बारे सूचना दिन समेत आग्रह गर्नुभयो । प्रशासनले नागरिकहरूलाई मौसम पूर्वानुमान र सरकारी सूचनामा ध्यान दिन, नदी किनार, पहिरोसम्भावित भेग, र जोखिमयुक्त स्थानमा अनावश्यक बसोबास नगर्न चेतावनी दिएको छ ।
        आकस्मिक अवस्था आएमा स्थानीय प्रशासन, वडा कार्यालय वा नजिकको सुरक्षा निकायलाई तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ । विपद् व्यवस्थापनको क्रममा सूचनाको प्रभावकारी आदानप्रदानका लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा मोबाइल एसएमएस प्रणालीको प्रयोग भएको छ ।
      ग्रामीण क्षेत्रमा सूचनाको पहुँच सुनिश्चित गर्न स्थानीय एफएम रेडियो, सूचनापाटी र माईकिङको समेत प्रयोग गरिने तयारी प्रशासनले गरेको छ । मनसुन अझै केही महिना सक्रिय रहने भएकाले थप जोखिम पनि उत्पन्न हुन सक्ने भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकहरूप्रति विशेष सावधानी र सहयोगको आह्वान गरेको छ ।
       संकटका बेला संयमता, सतर्कता र सहकार्य नै जीवन र क्षतिको बचाउ भएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो ।

    Advertisement

    बुधबार, असार २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation