• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा

गणतन्त्र दिवसमा प्युठानमा दीप प्रज्वलन र सरसफाइ

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. प्युठानमा नियुक्त र बढुवा भएका शिक्षक सम्मानित

  • ५. गुल्मीको सिमाघाटमा बेमौसमी हिँउदे मकै उत्पादन

  • ६. प्यूठानमा गोराथोकी नेतृत्वमा अनेरास्ववियु (छैठौं) को नयाँ समिति चयन

  • ७. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ८. प्युठानका खोलामा अवैध उत्खनन, जेसिवी र टिपर नियन्त्रणमा

  • ९. मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन

  • १०. आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो सहारा

पहिलो सेक्सको जोखिम


  •   बिहिबार, असोज २५, २०७५ मा प्रकाशित
  • नेपाली समाज जति आधुनिकतातर्फ दौडिएको देखिए पनि यौनको मामिलामा अझै अनुदार नै छ । यौन शिक्षा छैन बराबर नै छ अहिले पनि । न विद्यालयमा यसबारे कुनै चर्चा हुन्छ न घरमा कसैले यसबारे केही बताउँछन् । त्यसैले कतिपय राजीखुसीमा, कानुनअनुसार पनि यौन सम्बन्धका लागि योग्य भइसकेका जोडीलाई यौन सम्पर्कमा बारेमा साधारण जानकारीसमेत नभएको पनि पाइन्छ ।

    Advertisement

    जीवनचक्र चलाउने माध्यमसँगै प्रेम अभिव्यक्त गर्ने उत्तम उपहार पनि हो, यौन । तर यौन शिक्षाको अभावमा कतिपयको पहिलो प्रयास पीडादायी बन्न पुग्छ । ज्ञानको अभावमा शारीरिक तथा मानसिक दुवै रुपमा पीडादायी हुन सक्छ । तनाव हुनसक्छ । पुरुषमा शीघ्रपतन, लिंग योनिभन्दा बाहिरै रहने हुनसक्छ । जथाभावी यौन सम्पर्क गर्दा महिलाको योनी दुख्ने, घाउ लाग्ने पनि हुनसक्छ । पहिलो रंगीन सम्बन्ध क्लाइमेक्समा नपुग्ने समस्या पनि हुनसक्छ । पहिलो यौन सम्बन्ध आनन्दमयी नभई पीडादायी हुँदा त्यसको नकारात्मक असर पछिसम्म पर्नसक्छ ।

    स्नतको मुन्टो संवेदनशील र नरम हुन्छ । स्तन बिस्तारै खेलाउँदा आनन्द आउँछ । स्तनको मुन्टो (निप्पल) बेस्सरी समात्दा रमाइलो हैन, पीडा हुन्छ र घाउसमेत हुनसक्छ । महिलाको योनि झिल्ली नफुटेको र पुरुषको लिंगको छाला सुर्किएको छैन भने त्यस्ता यौन जोडीलाई नेपाली चलनचल्तीअनुसार कुमारी तथा कुमार भएको मानिन्छ । झिल्ली च्यातिएको या लिङ्गको छाला तल सरेको छ भन्दैमा उसले पहिल्यै सेक्स गरिसकेको छ भन्ने हुँदैन । यो कुमार या कुमारित्व परीक्षणको वैज्ञानिक माध्यम पनि हैन ।

    युवतीले साइकल तथा मोटरसाइकल चढ्ने, उफ्रिने, घोडा चढ्ने, रुख चढ्ने लगायतका गतिविधिले यौन सम्पर्क गर्नुपूर्व नै योनि झिल्ली फुटिसकेको हुनसक्छ । पुरुषले हस्त मैथुन गर्दा वा त्यत्तिकै चलाउँदा पनि लिंगको छाला सुर्किएको हुनसक्छ । च्यात्तिएको छैन भने पहिलो दिनको यौन सम्पर्कमा योनीभित्र लिंग पस्नलाई योनि झिल्ली फुट्नु पर्छ । योनी झिल्ली फ्टदा महिलालाई अत्यधिक दुख्छ । यसक्रममा महिलालाई अत्यधिक रक्तश्राव हुने सम्भावना पनि हुन्छ । पुरुषको लिंगको भित्री छाला सुर्किएर लिंगको डाँठतिर सर्दा पुरुषलाई पनि असाध्य दुख्छ ।

    अपनाउनु पर्ने सावधानी

    पहिलो पटक यौन सम्पर्क गर्दा यौन शिक्षाको अभाव तथा यौन प्रक्रिया नपुगेका कारणले यौन जोडीमा तनाव उत्पन्न हुनसक्छ । महिलाले मनको कुरा व्यक्त गर्न चाहँदैनन् । त्यसैले यौन सम्पर्कमा सरिक हुनुअगाडि यौन शिक्षा, यौन र यौन क्रिडाका बारेमा ज्ञान लिनु आवश्यक हुन्छ ।
    यौन सम्पर्क गर्नुभन्दा पहिले यौन सम्पर्क गर्ने उचित स्थान र समय निर्धारण गर्नु पर्छ । एकान्त, शान्त तथा सुरक्षित ठाउँ रोज्नु सबैभन्दा उत्तम हुन्छ ।

    अत्यधिक उज्यालो भएको ठाउँमा पनि टाउको दुख्ने, आँखा बिझाउने, असुरक्षित महसुस हुने लगायतका समस्या देखिनसक्छ । केही नदेखिने किसिमको अँध्यारो ठाउँमा पनि यौन सम्पर्क नगर्दा राम्रो हुन्छ । अँध्यारो ठाउँमा पहिलो पटक यौन सम्पर्क गर्दा अनुभवको अभावमा उत्पन्न हुने जोखिम र अनुहार हेराहेर गरेर हुने भावना साटासाट गर्ने अवसर गुम्छ ।

    यौन सम्पर्क गर्दा टाइट कपडा नलाउँदा राम्रो हुन्छ र सामान्यतः नांगै भएको राम्रो । यौन जोडीबीच यौनाङ्ग देखिँदा एक आपसमा उत्तेजना उत्पन्न हुन्छ, जस कारण यौनानन्द बढ्छ ।
    एकले अर्कोको कपडा खोलिदिँदा राम्रो हुन्छ । एकले अर्कोको कपडा खोल्दा नजिकपना ल्याउँछ । कपडा खोल्दा जिस्किँदै खोल्नुपर्छ ।

    कसैकसैमा आत्मबल बढाउने भनेर मदिरा या लट्ठ पार्ने सामग्री प्रयोग गर्ने गर्छन् । यो हानिकारक हुन्छ । सहमतिमा मात्र सम्बन्ध राख्नुपर्छ । यौन जोडीको उमेर पनि उत्तिकै महङ्खवपूर्ण हुन्छ । कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका किशोरीसँग सहमतिमा यौन सम्बन्ध राखे पनि त्यो बलात्कार ठहरिन्छ । पहिलो पटक यौन सम्पर्क गर्दा अस्थायी साधनको प्रयोग गर्नुपर्छ ।

    सम्बन्ध भएपछि के गर्ने ?

    पहिलो पटक यौन सम्पर्क गरिसकेपछि अनुहार रातो–पीरो हुन्छ । लिपिस्टकका डाम चुम्बनका ¥याल अनुहारमा हुन सक्छ । योनिमा झरेको वीर्य चिप्लो र टाँसिने प्रकृतिको हुनाले महिलाको दुवैतर्फको तिघ्रामा बग्न थाल्छ । योनिबाट वीर्य बाहिर निस्कन्छ । त्यसैले यौन सम्पर्क गरिसकेपछि यौनाङ्ग सफा गर्नुपर्छ ।
    मुख धुनु पर्छ नभए राम्रोसँग पुछ्नु पर्छ ।

    पहिलो पटक यौन सम्पर्क गर्दा योनिको डल्लो फुल्ने, सुन्निने, रातो हुनुका साथै दुख्ने भएकाले संक्रमणसमेत हुन सक्छ । त्यस्तो समस्या भएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । पुरुषको पनि लिंगको छाला सुर्किएर दुख्ने तथा सुन्निन सक्छ यस्तो समस्या भएमा चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ ।
    नागरिक सुक्रबारबाट

    बिहिबार, असोज २५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि
    सरुमारानी ‘पूर्ण खोप सुनिश्चितता पालिका’ घोषित
    माण्डवीमा नि:शुल्क आँखा शिविर, ५० जनाको मोतिबिन्दु शल्यक्रिया
    राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि
    गुल्मीमा महिनावारी चुनौतीबारे वक्तृत्वकला प्रतियोगिता सम्पन्न
    माण्डवी गाउँपालिका पूर्ण खोप सुनिश्चित

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      प्युठानमा नियुक्त र बढुवा भएका शिक्षक सम्मानित

    • ५.
      गुल्मीको सिमाघाटमा बेमौसमी हिँउदे मकै उत्पादन

    • ६.
      प्यूठानमा गोराथोकी नेतृत्वमा अनेरास्ववियु (छैठौं) को नयाँ

    भर्खरै

    • १.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • २.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ३.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    • ४.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ५.
      राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

    • ६.
      बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

    • ७.
      गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

    • ८.
      गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...