कपिलवस्तु। जिल्लाको चन्द्रौटा बजार क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरणका लागि अस्थायी ट्राफिक पोष्ट चन्द्रौटाले डिभाइडरमा चम्किने स्टीकर (रेडियम) टाँस्ने अभियान सुरु गरेको छ।
पूर्वपश्चिम राजमार्ग खण्डमा राति सवारी चालकलाई मार्ग पहिचान सहज होस् भन्ने उद्देश्यसहित डिभाइडरमा रेडियम स्टीकर टाँसिएको हो।
ट्राफिक प्रहरी प्रमुख सप्रनानि लिल बहादुर कुँवरले राति सवारी चलाउँदा डिभाइडर देखिनाले दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सडक सुरक्षाका लागि ट्राफिक प्रहरीले यस्ता अभियानलाई निरन्तरता दिनेछ।
Advertisement