• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

विद्योदय विद्यालयले सुरु गर्यो व्यवहारिक शिक्षामा आधारित ‘बुक फ्रि फ्राइडे’


  •   शनिबार, जेठ ३२, २०८२ मा प्रकाशित
  • म्याग्दी। “पढाइ केवल किताबमा सीमित छैन,” यो सन्देश लिएर म्याग्दीको बेनी नगरपालिका–१०, वाखेतस्थित विद्योदय आधारभूत विद्यालयले ‘बुक फ्रि फ्राइडे’ अभियान सुरु गरेको छ।
    विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारी भन्छन्, “हामीले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बढी जीवनका व्यवहारिक पाठ सिकाउन यो कार्यक्रम सुरु गरेका हौँ।”
    कार्यक्रम अनुसार, विद्यार्थीहरूले माटो, कम्पोस्ट मल र बालुवाको मिश्रण बनाएर आफ्नै हातले तरकारीका बिरुवा रोपिरहेका छन्। फर्सी, भिन्डी, खुर्सानी, मुला, रायो, सिमी लगायतका तरकारी रोपेर उनीहरूले कृषिजन्य ज्ञानसँगै श्रम संस्कार पनि सिक्दैछन्।
    विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर पाइजा भन्छन्, “श्रम र उत्पादनसँग जोडिएको शिक्षा दीर्घकालीन परिवर्तन ल्याउन सक्छ।” वडा अध्यक्ष मस्बीर रोकाले भने, “शिक्षा किताबमा मात्र सीमित हुनुहुँदैन। व्यवहारिक शिक्षाले नेतृत्व, श्रमशीलता र जीवन बुझ्ने चेत विकास गर्छ।”
    विद्यार्थीहरू पनि खुसी छन्। कक्षा ८ की सुप्रिया पाइजा भन्छिन्, “किताब पढ्दा कहिले काँही थकान हुन्थ्यो, तर बिरुवा रोप्दा रमाइलो लाग्छ। हामीले प्रकृतिलाई बुझ्न पाएका छौं।”
    अभिभावकहरू पनि खुसीसाथ यो अभियानको समर्थन गरिरहेका छन्। शिक्षक अमृता जिसी भन्छिन्, “हाम्रा विद्यार्थीमा लुकेको प्रतिभालाई ‘बुक फ्रि फ्राइडे’ले उजागर गरिरहेको छ।”
    विद्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै जीवनोपयोगी शिक्षा दिने योजना बनाएको छ। अभिभावक, शिक्षक र समुदायलाई यो यात्रामा सहभागी हुन विद्यालयले आह्वान गरेको छ।

    Advertisement

    शनिबार, जेठ ३२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ३.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ४.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ५.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ६.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ७.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ८.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...