• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

प्रदेश नं ३ को राजधानी तिहारपछि टुङ्गिने


  •   बुधबार, असोज २४, २०७५ मा प्रकाशित
  • काठमाडौँ, असोज २४। प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ । संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत जुटाउन दलगत स्वार्थभन्दा माथि फरक चिन्तन तथा परिवेशका नेताबीच सहकार्य शुरु भएको छ ।

    Advertisement

    गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन विशेष समितिले यस प्रदेशका १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको थियो । तिनमा भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्ला प्रस्तावित छन् ।

    पूर्वाधारको विकास, हावापानी, सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई आधार मानेर प्रदेशसभाले सकेसम्म सहमतिमा नभए दुई तिहाइ बहुमतबाट निर्णय लिनेछ ।

    उक्त कार्यदलले गत असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन सभालाई बुझाएको भए पनि अहिलेसम्म विभिन्न प्राविधिक कारणले राजधानीको टुङ्गो लगाउन छलफल भएको थिएन । यी पाँच जिल्लामध्येबाट नै राजधानी तोक्ने लगभग निश्चित भएको समिति सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो । कूल ११० सदस्य भएको प्रदेशसभामा ७३ सदस्यको निर्णय दुई तिहाइ हुनेछ ।

    नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अस्थायी मुकाम तोकेको मकवानपुरका पक्षमा मतदान गर्नुपर्ने बाध्यता आफूहरुलाई रहेको बताउँदै स्वतन्त्रतापूर्वक मतदान गर्न दिएमा आफूले काभ्रेपलाञ्चोकमा मतदान गर्ने विचार व्यक्त गर्नुभयो ।

    सो विषयमा निर्णय लिनका लागि मतदान तीन प्रकारले हुनेछ । ध्वनि मतदानबाट हात उठाएर, हुन्छ र हुन्न भन्ने पक्ष परक फरक ढोकाबाट प्रवेश गरेर मतदान र विद्युतीय मतदान गरिने छ । विद्युतीय मतदान प्रक्रियामा स्वतन्त्र मत खसाल्न पाइए पनि त्यसबाहेकका अन्य दुई प्रक्रियामा पार्टीको निर्देशन बाहिर जान नसकिने हुन्छ । संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने कार्य प्रदेशसभालाई जिम्मा दिएको समिति सदस्य मानन्धरले बताउनुभयो । (रासस)

    बुधबार, असोज २४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा चार जनाको शव फेला
    महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण
    मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम
    बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य
    राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार
    दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • २.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ३.
      प्यूठानमा चार जनाको शव फेला

    • ४.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ५.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ७.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ८.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation