• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल


  •   बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
  • गुल्मी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा जिल्लाभरिका दुध, माछा तथा मासु उत्पादक र बिक्रेताहरूसँग स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल कार्यक्रम गरिएको छ । जिल्लाका विभिन्न गाउँ तथा नगरपालिकाबाट आएका सहभागीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा स्वच्छ उत्पादन, भण्डारण, ढुवानी तथा बजार व्यवस्थापनका चुनौतिहरूमाथि केन्द्रित थियो ।
        कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले स्वच्छ दुध, माछा तथा मासु उत्पादन र बजार व्यवस्थापन विषयक विस्तृत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले पशुपालन क्षेत्र आर्थिक समृद्धिको मुख्य आधार भएको भन्दै उत्पादनमा स्वच्छता, पोषण, स्वास्थ्य व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग अनिवार्य रहेको उल्लेख गर्नुभयो ।
        पाण्डेले गोठदेखि बजारसम्मको सम्पूर्ण प्रक्रियामा हुने जोखिमहरू पहिचान गरी सहि तरिकाले समाधान गर्न सके जिल्लामा गुणस्तरीय पशुजन्य उत्पादन उपलब्ध गराउन सकिने बताउनुभयो । कार्यक्रमका सहभागी उत्पादक र बिक्रेताहरूले आफ्ना समस्या र अनुभवहरू विस्तृत रूपमा राख्नु भएको थियो ।
       दुग्ध बिक्रेता रबिलाल पन्थले दुध तथा मासु ढुवानीका क्रममा अपहेलनाको सामना गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । धेरै कृषकहरु र रोजगारीसँग जोडिएको यस पेसम गर्ने कृषकलाई गरिने व्यवहार तुत्छ खालको रहेको उल्लेख गर्नुभयो ।
       सोहि कार्यक्रममा दुग्ध उत्पादक कृषक साबित्रा भण्डारीले पशु प्राविधिक समयमै नपाइने, गाईका बाच्छाबाच्छी व्यवस्थापनमा कठिनाइ भोग्दै आएको बताउनुभयो । कृषकले समयमै पशुप्राधिक र औषधी पाएमा अन्य अनुदानका कार्यक्रम नभएपनि हुने जस्ता समस्या राख्दै तिनको दीर्घकालीन समाधानका लागि सरकारी निकायको ध्यानाकर्षण गराउनु भएको थियो ।  
        कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका वरिष्ठ मत्स्य विकास अधिकृत विष्णुप्रसाद खनालले स्वच्छ दुध, माछा तथा मासु उत्पादनका विधि, रोग न्यूनिकरण तथा सुरक्षित बजार पहुँचका उपायहरूबारे महत्वपूर्ण जानकारी राख्नु भएकिो थियो । उहाँले जीवजन्य उत्पादनमा साना त्रुटिले पनि उपभोक्ताको स्वास्थ्यमा ठूलो जोखिम निम्त्याउन सक्ने भन्दै उत्पादनदेखि उपभोगसम्मको सम्पूर्ण श्रृंखलामा स्वच्छता र मापदण्ड पालना गरिनुपर्नेमा जोड दिनुभयो ।  
        कार्यक्रमका सहभागीहरूले जिल्लामा क्रियाशील उत्पादन समूह, सहकारी तथा व्यवसायीबीच साझेदारी र सहकार्य विस्तार गर्नुपर्ने सुझाव राखेका थिए । यस कार्यक्रमले जिल्लाभर गुणस्तरीय र सुरक्षित खाद्य पदार्थको उत्पादन तथा आपूर्ति प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको कार्यालयमा प्राविधिक सहायक रिमबहादुर रोकायाले बताउनुभयो । 

    Advertisement

    बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation