• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ३. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ४. विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ६. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • ७. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ८. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ९. लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

  • १०. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने


  •   शनिबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलोपटक ठुलो संख्यामा ५ हजार जनामा सिकलसेल एनिमियाको परीक्षण सुरु गर्ने भएको छ। प्रतिष्ठानमा आवश्यक परीक्षण उपकरण उपलब्ध भएपछि दाङका सबै १० वटै स्थानीय तहका जनप्रतिनिधिसँग शुक्रबार भएको छलफलमा यस्तो निर्णय भएको हो।
    प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालका अनुसार शनिबारदेखि परीक्षण अभियान सुरु हुनेछ। हालसम्म प्रतिष्ठानमार्फत ३१५ सिकलसेल प्रभावित व्यक्तिलाई उपचार सेवा दिइँदै आएको छ। एकै घरका ४ सदस्यसम्ममा सिकलसेल देखिएको तथ्यांक पनि चिकित्सकले सार्वजनिक गरेका छन्। धेरैजसो थारू समुदायमा यो रोगको प्रचलन बढी देखिएका छन् भने योगी तथा दलित समुदायमा पनि सिकलसेल फेला परेको छ।
    निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार अब दाङका १० वटै पालिकाका नागरिकलाई नै स्थानीय तहमै निःशुल्क परीक्षण उपलब्ध हुनेछ। पहिला जिल्लाबाहिर धाउनुपर्ने बाध्यताबाट बिरामी सहज हुने उनले बताए।

    Advertisement

    तीन स्थानबाट परीक्षण

    स्थानीय सरकारसँगको समन्वयमा देउखुरी, मध्य–दाङ र पश्चिम दाङ—तीन स्थानमा सिकलसेल एनिमिया परीक्षण गरिनेछ। कति स्थानमा परीक्षण केन्द्र रहने भन्ने विषयमा पालिकाहरुले आइतबारसम्म निर्णय गर्नेछन्।
    प्रतिष्ठानको मेडिसिन ओपिडीबाट भने आइतबारदेखि नियमित परीक्षण सेवा सुरु हुनेछ। परीक्षण अभियान मंसिरदेखि वैशाखसम्म निरन्तर सञ्चालन हुनेछ। चिकित्सकका अनुसार सिकलसेल भेटिएका बिरामीलाई एक लाख रुपैयाँसम्मको निःशुल्क औषधि उपचार उपलब्ध गराइनेछ।

    अनुसन्धानमैत्री कार्यक्रम

    प्रा. लम्सालका अनुसार प्रतिष्ठान आफै विश्वविद्यालय भएकाले आगामी दिनमा अनुसन्धान तथा नीति निर्माणमा उपयोगी तथ्यांक तयार गर्न यो परीक्षण महत्वपूर्ण हुने छ।
    २०७३ सालमा देशभरबाट संकलन गरिएको नमुनामा ३५० जनामा सिकलसेल फेला परेको थियो, जसमा केवल दाङमै २६ केस भेटिनु ‘गम्भीर संकेत’ भएको चिकित्सकको भनाइ छ।

    सिकलसेलबारे चेतना अभाव

    फिजिसियन डा. अजय गौतमले सिकलसेल एनिमिया वंशाणुगत रोग भएकाले लक्षित समुदायमा यसको जोखिम बढी हुने बताए। सिकलसेल हुँदा रक्तकोष हसिया (Sickle) आकारमा परिणत भई रक्तसञ्चार अवरुद्ध हुने र विभिन्न अंगमा क्षति पुग्ने खतरा हुने उनले बताए। पूर्ण उपचार सम्भव नहुने भए पनि लक्षणअनुसार उपचार गर्न सकिने चिकित्सकको भनाइ छ।
    सिकलसेल बाहक र रोगीबीच विवाह भए जन्मिने शिशुमा ७५ प्रतिशतसम्म जोखिम रहने हुनाले परीक्षण र सचेतनालाई प्राथमिकता दिनुपर्ने उनले औंल्याए।

    स्थानीय तहको भूमिका

    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले दाङमा सिकलसेलको उच्च सम्भावना रहेकाले तिनै तहको सरकारबीच समन्वय वृद्धि गर्नुपर्ने बताए। स्थानीय तहको विद्यालय पाठ्यक्रममै सिकलसेलसम्बन्धी सामग्री राखेर जनचेतना अभिवृद्धि गर्नुपर्ने सुझाव पनि उनले दिए।
    थारू तथा आदिवासी समुदायको बाक्लो बसोबासका कारण दाङलाई अत्यधिक जोखिमयुक्त जिल्ला मानिँदै आएको छ। परीक्षण, उपचार र सचेतना कार्यक्रमलाई नियमित र दिगो रूपमा अघि बढाउन प्रतिष्ठानले योजना बनाएको छ।

    शनिबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    • ३.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ४.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण

    • ५.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    • ६.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५०

    भर्खरै

    • १.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • २.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ३.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ४.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ५.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    • ६.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ७.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

    • ८.
      रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation