• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, साउन ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ३. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ४. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ५. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ८. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • ९. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

  • १०. जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती


  •   शनिबार, मङि्सर २१, २०८२ मा प्रकाशित
  • काठमाडौं, मंसिर २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को घटना पछि देश प्रतिक्रान्ति तर्फ अघि बढेको बताउनुभएको छ ।
    शनिबार नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि नवयुग ई-बुलेटिन शुभारम्भ गर्दै ओलीले प्रतिगमन हटाएर देश र संविधानलाई मूल बाटोमा ल्याउनु आजको आवश्यकता रहेको बताउनुभयो । ‘देशमा फेरि एक पटक प्रतिगमन भएको छ, यो प्रतिगमन देशका लागि दुर्भाग्य हो, यसलाई क्रान्ति भनेर महिमामण्डन गर्नु बुद्धिहीनता हो, आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैन’, उहाँले भन्नुभयो।
    अहिले विधि प्रक्रिया बिना नै कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको ओलीले बताउनुभयो । यो लोकतन्त्र माथिको उपहास भएको उहाँको दाबी छ । असंवैधानिक सरकारले असंवैधानिक तरिकाले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापित गर्नुपर्ने ओलीको धारणा छ।
    ओलीले अब पुराना पार्टी सकिए भन्न नसोच्न आग्रह गर्नुभयो । ‘फेरी पनि आगो लगाएर सरकार बनाउने, फेरी पनि आगोकै भरमा सरकार बन्छ ? पार्टीहरूकै सरकार बन्छ’, उहाँले भन्नुभयो ।
    उहाँले सरकारले छानबिन गर्न भनि बनाएको आयोग अराएको काम गर्न बताएको तयारी संयन्त्र भएको बताउनुभयो । सो आयोग जनतालाई झुक्क्याउने बुख्याचा भएको स्पष्ट पार्नुभयो । उहाँले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्ना विरुद्ध प्रमाण तयार गर्न चुनौती दिनुभयो ।
    आफूभन्दा साढे ३ महिना कान्छी प्रधानमन्त्री कुन जेनजीको सरकार भन्दै ओलीले प्रश्न गर्नुभयो । ‘जान्नु न सुन्न, चुनाव लड्नु न होर्नु, कताको सरकार ?’, उहाँले प्रश्न गर्नुभयो ।
    ओलीले अहिलेको सरकार अनाडी सरकार भएको बताउँदै सरकारले विभिन्न अनधिकृत काम गरिरहेको बताउनुभयो । उहाँले सरकार चुनाव गराउनको लागि बनेको हो भने चुनावको वातावरण बनाउन पनि उहाँले चुनौती दिनुभयो । जेलका अपराधी र प्रहरीका हतियार बाहिर राखेर चुनाव हुन नसक्ने ओलीले स्पष्ट पार्नुभयो । राजनीतिक दलहरू प्रति वैरभाव र अपराधी र हतियार बाहिर राखेर कुने पनि हालतमा चुनाव हुन नसक्ने उहाँको धारणा छ । सरकारलाई निर्वाचन गराउने भन्दा पनि पुराना दल आउँछन् भन्ने डर भएको ओलीले बताउनुभयो ।
    नेकपा एमाले देश, जनता, लोकतन्त्र, सुशासन, विकास, संविधानको पक्षमा लगातार गतिशील पार्टी भएको उहाँले दाबी गर्नुभयो। त्यसैले एमालेले आफूलाई धेरै अपडेट गर्न जरुरी रहेको उहाँले बताउनुभयो । ‘देश र दुनियाँको ध्यान एमाले प्रति छ’, ओलीले भन्नुभयो ।
    देश अहिले विभाजित अवस्थामा रहेको बताउँदै ओलीले यतिबेला अत्यन्त सघन ढङ्गले एमालेका क्रियाकलाप सम्प्रेषित गर्नुपर्ने धारणा राख्नु भयो । ‘सत्य सम्प्रेषण गर्ने कुरा सजिलो छैन तर त्यो नेकपा एमाले र एमालेको मुख पत्रले गर्छ’, उहाँले भन्नुभयो ।
    नेकपा एमाले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र स्वाभिमानको पहरेदार भएको उहाँले दाबी गर्नुभयो । नेकपा एमाले लोकतन्त्रको पक्षधर र लोकतन्त्र ल्याउन त्याग, तपस्या र बलिदान गरेको शक्ति भएको बताउँदै उहाँले लोकतन्त्रलाई कमजोर पार्न र सिद्ध्याउन एमालेले नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    प्रतिकूल अवस्थामा अहिलेको संविधान बनेको बताउँदै उहाँले नेपाललाई जातीय आधारमा धुजा-धुजा पार्न खोज्दा जोगाएर अहिलेको संविधान ल्याइएको बताउनुभयो । ‘हामी त्यसको विरुद्ध लडेका हौँ, अहिलेसम्म हिंसावादी र आतङ्ककारीलाई हामीले पराजित गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ।
    देशको बिग्रिएको अर्थतन्त्रलाई एमालेले सकारात्मक दिशामा ल्याउने काम गरेको बताउँदै उहाँले विश्व मञ्चमा नेपालको भूमिकालाई देखिने गरी स्थापित गर्ने काम एमालेबाट भएको बताउनुभयो ।

    Advertisement

    शनिबार, मङि्सर २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल
    प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति
    मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी
    श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा
    रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’
    ‘मोबाइल स्क्रिनसम्म एमालेको विचार पुर्‍याउँछौं’:आचार्य

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ३.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न

    • ४.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ५.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      आन्तरिक कमजोरीकै कारण एमाले कमजोर बन्यो : महासचिव पोखरेल

    • २.
      ‘एक पटकको नेपाली, सधैँको नेपाली’मा ढुक्क हुन अर्थमन्त्री वाग्लेको आग्रह

    • ३.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • ४.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ५.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ६.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • ७.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ८.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation