• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, जेठ ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

बैंकिङ संकटको दीर्घकालीन समाधान कि नयाँ बोझ ?

लोकप्रिय समाचार

  • १. शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

  • २. पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

  • ३. गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

  • ४. ‘दुःख सुनाएर के काम ?’

  • ५. प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

  • ६. साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश दिन्छ : मन्त्री यादव

  • ७. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन: देवदहको नीति कार्यक्रमको मेरुदण्ड

  • ८. गुल्मीमा वन संरक्षण र दिगो विकासका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

  • ९. काठमाडौंमा अब ट्याङ्करको भरमा बस्नुपर्दैन : खानेपानीमन्त्री यादव

  • १०. रेसुङ्गा क्याम्पसले पार ग¥यो आर्थिक संकट, विद्यार्थी संख्या बढ्दै

राप्तीमा मुख्यमन्त्री र पालिका अध्यक्षबीच सार्वजनिक मंचमै भनाभन


  •   आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
  • दाङ। लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको राप्ती गाउँपालिकामा एक सार्वजनिक कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखबीच भनाभन भएको छ।
    कार्यक्रमका क्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले राजधानी व्यवस्थापनमा असन्तुष्टि जनाउँदै मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा भने, “अब अति भयो, राजधानी बुटवल फर्काइदिनुस्।”
    उनको यस्तो अभिव्यक्तिपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले सार्वजनिक मञ्चमा यसरी भनिएको कुरा गैरजिम्मेवार भएको टिप्पणी गरे। “स्थानीय सरकारको प्रमुखले राजधानी जता लगे पनि हुन्छ भनेर भन्नु गम्भीर कुरा हो। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दोहोरिनु हुँदैन,” उनले भने। प्रदेशको राजधानीका रूपमा राप्ती गाउँपालिकामा मन्त्रालयसहितका प्रमुख संरचना रहेका छन्। तर, राजधानीसँगै विकासको अपेक्षा गरेका स्थानीयले त्यसअनुसारको लाभ नपाएको गुनासो अध्यक्ष विष्टले गर्दै आएका छन्।
    “यहाँका जनताले सजाय पाए, जग्गा फुकुवा जस्ता समस्याले काम गर्न गाह्रो भयो,” विष्टले भने।
    मुख्यमन्त्री आचार्यले भने राजधानी देउखुरीमा आउन सजिलै भएको नभएको उल्लेख गरे। “बुटवलले राख्न नसकेकोले राजधानी यहाँ आएको होइन, प्रदेशको आवश्यकता अनुसार आएको हो,” उनले भने।
    हालै राप्तीमा निर्माण भएको १५ शैयाको अस्पतालको उद्घाटनसम्बन्धी विषयले पनि दुई सरकारबीचको सम्बन्ध चिसो बनेको बताइएको छ। प्रदेश सरकारको समन्वयबिनै अध्यक्ष विष्टले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट अस्पताल उद्घाटन गराएको विषयलाई लिएर असन्तुष्टि बढेको हो।
    मुख्यमन्त्री आचार्य उक्त अस्पतालको उद्घाटन प्रधानमन्त्रीबाट गराउने तयारीमा थिए। तर, समन्वय नगरी अध्यक्ष विष्टले एकतर्फीरूपमा कार्यक्रम अघि बढाएको भन्दै प्रदेश सरकार निकटकाहरूले आलोचना गरेका छन्।
    स्थानीय स्तरमा विष्टको अघिल्ला मुख्यमन्त्रीहरूसँग सहकार्य रहेको भए पनि हाल मुख्यमन्त्री आचार्यसँग टकराव बढ्दै गएको छ।

    Advertisement

    आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत
    टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित
    गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी
    गणतन्त्र दिवसमै जनकपुरधामबाट ‘संघीय गणतान्त्रिक गठबन्धन’को घोषणा
    गणतन्त्र दिवसमा प्युठानमा दीप प्रज्वलन र सरसफाइ
    प्युठानमा गणतन्त्र दिवस : प्रभातफेरीदेखि सरसफाइसम्म विविध कार्यक्रम

    लोकप्रिय

    • १.
      शंकर बिसीको निर्देशनमा ‘एउटा नाता’ सार्वजनिक

    • २.
      पोखरेल समाजको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

    • ३.
      गुल्मीका नवीन अर्याल अनेरास्ववियुको सचिवमा उम्मेदवारी

    • ४.
      ‘दुःख सुनाएर के काम ?’

    • ५.
      प्युठानमा गाउँका सडक कालोपत्रे हुँदै

    • ६.
      साइकल यात्राले स्वस्थ शरीर र स्वच्छ शहरको

    भर्खरै

    • १.
      गुल्मीमा एक स्वास्थ्य अवधारणा कार्यक्रम सम्पन्न

    • २.
      गुल्मीमा नसर्ने रोग नियन्त्रण र स्वस्थ जीवनशैली प्रवर्द्धन कार्यक्रम सम्पन्न

    • ३.
      अनेरास्ववियुको निर्वाचित कमिटीमा प्युठानकि स्नेहा केसीलाई सबैभन्दा बढी मत

    • ४.
      पृथ्वीचन्द्र अस्पतालमा डायलिसिस सेवा सुरु

    • ५.
      रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु

    • ६.
      भेरी अस्पतालमा असारदेखि एमडी पढाइ सुरु गरिने

    • ७.
      टेकराज केसी अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित

    • ८.
      गुल्मीमा चाबी हातमा लिएर सुनचाँदी व्यवसायीको प्रर्दशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation