धादिङ – थाक्रे गाउँपालिकाले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीलाई आफ्ना सन्तान सामुदायिक विद्यालयमै अनिवार्य रूपमा भर्ना गर्न निर्देशन दिएको छ।
गाउँ कार्यपालिकाको आईतवार बसेको १४०औं बैठकको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको हो। निर्णय कार्यान्वयनका लागि गाउँपालिकाले सूचना जारी गर्दै सम्बन्धित सबैलाई जानकारी गराएको छ।
सार्वजनिक शिक्षामा विश्वास र सहभागिता बढाउन यो कदम प्रभावकारी हुने विश्वास लिइएको छ।
Advertisement