रुपन्देही — शिक्षक तथा कर्मचारीले काठमाडौंमा जारी राखेको आन्दोलनको असर रुपन्देहीमा पनि देखिएको छ। कालिका मानवज्ञान मावि र शान्ति नमुना माविले विद्यालय भर्ना सहित सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि स्थगित गरेका छन्। बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले आज जारी गरेको सूचनामा भनिएको छ, “शिक्षक महासंघको आन्दोलनले सिर्जना गरेको विषम परिस्थितिका कारण विद्यालयका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।”
त्यस्तै, तिलोत्तमा नगरपालिका–५ स्थित श्री शान्ति नमुना माविले पनि शैक्षिक हड्तालका कारण विद्यार्थी भर्ना लगायतका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ। प्रधानाध्यापक कुलप्रसाद लामिछानेद्वारा जारी सूचनामा हड्ताल अन्त्यसँगै शैक्षिक गतिविधि पुनः सञ्चालन गरिने उल्लेख छ। गत चैत २० गतेदेखि शिक्षक तथा कर्मचारीले नयाँ शिक्षा ऐन पारित गर्नुपर्ने मागसहित काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। आन्दोलनका कारण विद्यालय भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण र वार्षिक परीक्षाको नतिजा प्रकाशन जस्ता गतिविधि प्रभावित भएका छन्।
कालिका मानवज्ञान मावि र शान्ति नमुना मावि नेपालका सबैभन्दा बढी विद्यार्थी संख्या भएका सरकारी विद्यालयमध्ये पर्छन्। यी विद्यालयमा करिब १२ हजार विद्यार्थी अध्ययनरत छन्।
कालिका र शान्ति माविमा भर्ना स्थगित
कालिका र शान्ति माविमा भर्ना स्थगित

Advertisement
तपाईको प्रतिक्रिया