प्यूठान – प्यूठानको दर्भानमा शैलुन व्यवसायका लागि एक महिनाको सीप विकास तालिम सुरु गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको हो।
जसले स्थानीय युवालाई स्वरोजगारमा सक्षम बनाउने लक्ष्य राखेको कार्यालयका निमित्त प्रमुख मनि बहादुर गुरुङले जानकारी दिए।
सरुमारानी गाउँपालिका–२, दर्भानमा आयोजना गरिएको तालिमको उद्घाटन पालिकाका उपाध्यक्ष बसन्ता खड्काको प्रमुख आतिथ्यमा गरिएको हो।
तालिममा रोल्पाको लिवाङ नगरपालिका–२ की सुनिता अधिकारी प्रशिक्षकको रूपमा छन्। कार्यक्रममा १६ जना सहभागी छन्।
Advertisement