• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, माघ १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

लोकप्रिय समाचार

  • १. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • २. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ३. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ४. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • ८. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

नेपालगन्जमा प्रचण्डले भने, ‘प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन’


  •   बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
  • नेपालगन्ज – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई कुनै पनि हालतमा नेपाली जनताले स्वीकार नगर्ने बताएका छन्।
    माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान अन्तर्गत बिहीबार नेपालगन्जमा आयोजित बृहत्त नागरिक संवाद कार्यक्रममा प्रचण्डले पछिल्लो समय प्रतिगमनले फेरि टाउको उठाउन खोजेको टिप्पणी गरे। उनले भने, “नेपाली जनताले कठिन संघर्षपछि प्राप्त गरेको लोकतन्त्र र गणतन्त्रलाई कुनै पनि हालतमा पछि फर्कन दिइने छैन।” पूर्वप्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको राजनीतिक अस्थिरता, भ्रष्टाचार र दलहरूको कमजोरीले जनतामा निराशा उत्पन्न भएको स्वीकार गरे। तर, उनले यसको अर्थ नेपाली जनताले नक्कली राजालाई फिर्ता ल्याउन चाहेको होइन भन्ने प्रस्ट पारे।
    उनले माओवादी केन्द्रले देशको वर्तमान अवस्था, जनताको मनोविज्ञान र चाहनाको गम्भीर समीक्षा गर्दै आत्मआलोचना गरिरहेको बताए। “हामीले अवस्थाको गम्भीरतालाई राम्ररी बुझेका छौँ। त्यसैले जनतासँग प्रत्यक्ष जोडिन र उनीहरूको सुझाव लिन ‘तराई-मधेश जागरण अभियान’ सुरु गरेका हौँ,” प्रचण्डले भने।
    राजावादीको नाममा लुट मच्चाउन पल्केकाहरू धमिलो पानीमा माछा मार्न खोजिरहेको आरोप लगाउँदै प्रचण्डले भने, “गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र मात्रै हुन सक्छ। देशलाई पछाडि फर्काउने सपना देख्नेहरू आफैँ हराउनेछन्।” उनले माओवादीले आत्मसमीक्षा गरेर जनतासँग पुनः जोडिने प्रयास गरिरहेको उल्लेख गर्दै, माओवादी र अन्य दललाई एउटै तराजुमा नजोख्न आग्रह गरे। उनले भने, “गणतन्त्रको रक्षा गर्न माओवादीले जुनसुकै लडाइँ लड्न तयार छ।” नागरिक संवाद कार्यक्रममा सहभागी बाँकेका नागरिक अगुवा तथा विभिन्न पेशागत संघ-संस्थाका प्रतिनिधिहरूले राजनीतिक दलहरूको असक्षमता र कार्यशैलीकै कारण जनता निराश भएको गुनासो गरे। उनीहरूका अनुसार राजनीतिक खिचातानीले देश अप्ठ्यारो मोडमा पुगेको छ, जसका कारण विकल्प खोज्ने वातावरण सिर्जना भइरहेको छ।
    कार्यक्रममा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, अग्नि सापकोटा, देव गुरुङ, पम्फा भुषाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।

    Advertisement

    बिहिबार, चैत २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना
    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार
    गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    लोकप्रिय

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ५.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    • ६.
      मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

    • ७.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ८.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation