• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

बोक्सीको आरोप लगाइ कुटपिट गर्ने जेठाजु र आमाजु पक्राउ


  •   मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
  •  बिराटनगर  / मोरङको सुनवर्षी नगरपालिका ४ की २५ वर्षीय महिलालाई बोक्सीको आरोप लगाएर निर्घात कुटपिट गरेको र यातना दिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनवर्षी ४ का ३५ वर्षीय देवनारायण वहरदार र ३० वर्षीय चाँदनी बहरदारलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्र कार्कीले बताए । उनका अनुसार पक्राउ पर्ने देवनारायण र चाँदनी पीडित महिलाका जेठाजु र आमाजु दिदी हुन् । कार्कीले धामी झाँक्रीसंग मिलेर महिलामाथि परिवारका सदस्यले नै पाँचदिनदेखि निर्घात कुटपिट गरिरहेको जानकारी दिए । पक्राउ परेका दुबै जना विरुद्ध प्रहरीले बोक्सी आरोपको कसूरमा मुद्धा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।

    बोक्सीको आरोप लगाउने धामी झाँक्रीको काम गर्दै आएका जहदा गाउँपालिका ४ का २५ वर्षीय महादेव सहनी भने फरार रहेका छन् । फरार रहेका सहनीको पनि खोजी थालिएको प्रहरीले जनाएको छ । पीडित महिलामाथि विभिन्न तरिकाबाट दुरव्यवहार गर्ने र अनेक यातना दिने काम पनि भएको प्रनि कार्कीले बताए । ‘असोज १७ गते राति चाँदनीका घरमा महादेव सहनीलाई बोलाएर चिन्ता (धामी) राखिएको ठाउँमा पीडित महिलालाई पनि फकाईफुल्याई लगिएको रहेछ,’ उनले भने, ‘चिन्ता बस्ने क्रममा महादेवले महिलालाई हेरेर बोक्सी हो भनेपछि कुटपिट गर्ने र यातना दिने काम सुरु भएको पाइयो ।’ चिन्ता बस्ने व्यक्तिले आफ्नै आमाले बोक्सी विद्या सिकाएको भन्दै पीडित महिलामा रहेको बोक्सी विद्या हटाउनु पर्ने भनेर लाट्ठी र मुड्कीले कुटपिट गर्न थालेको जानकारी प्रनि कार्कीले दिए ।

    Advertisement

    प्रहरीका अनुसार कुटपिटबाट महिलाको पाखुरा, हाट, खुट्टा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनलाई जिल्ला अस्पताल रंगेलीमा उपचार गराएर तत्काललाई संरक्षणका लागि माईती पक्षको जिम्मा लगाइएको जानकारी कार्कीले दिए । मोरङको रतुवामाई नगरपालिका ७ गोविन्दपुर माइती भएकी महिलाको छ वर्ष अघि विवाह भएको थियो । उनका श्रीमानले दैनिक ज्याला मजदुरीको काम गर्दै आएको प्रहरीले जनाएको छ । उनका पाँच र तीन वर्षका दुई छोरा र एक वर्षकी छोरी छन् ।

    चिन्ता बसेका ठाउँमा धामीले बोक्सी भनेर भनेपछि दैनिक रुपमा चिन्ता राख्दै बोक्सी विद्या हटाउने भनेर कुटपिट गर्न थालिएको प्रहरीले जनाएको छ । पीडित महिलाले बोक्सी विद्या हटाउने भन्दै चिन्ता बसेका ठाउँमा धामीले पटक पटक दियो बालेर टाउकोमा राखिदिने, घोप्टो बनाएर कुटपिट गर्ने, परेवा काटेर रगत शरीरमा दल्ने, गन्ध आउने पदार्थ खुवाउने, लाट्ठी र मुड्कीले कुटपिट गर्ने गरेको बताएकी छन् । धामीले बेग्लै खालको गन्ध आउने पदार्थ तीन पटक सम्म खुवाएपछि भने वान्ता गरेर बेहोस भएको र त्यसपछि आफूले केही पनि थाहा नपाएको ती महिलाले बताएको प्रहरीले जनाएको छ ।

    घटनाका बारेमा माइती पक्षले थाहा पाएर जानकारी गराएपछि प्रहरीले पीडित महिलालाई उद्धार गरेर उपचारका लागि लगेको प्रनि कार्कीको भनाइ छ । माइती पक्षबाटै परेको जाहेरीका आधारमा प्रहरीले उनका जेठाजु देवनारायण र आमाजु चाँदनीलाई पक्राउ गरेको हो ।

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation