• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • १०. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

मुख्यमन्त्री कपको रोमाञ्च: अर्घाखाँची खेलमय


  •   बिहिबार, चैत ०६, २०८१ मा प्रकाशित
  • अर्घाखाँची–सन्धिखर्कको टुडिखेलमा यतिबेला दर्शकको घुइँचो लागेको छ । बजारमा बेग्लै चहलपहल देखिन्छ । गाउँगाउँबाट दर्शकहरू सन्धिखर्कतर्फ आकर्षित भएका छन् । अहिले सन्धिखर्कमा एक विशेष उत्सवको माहोल छ, जसलाई मुख्यमन्त्री कप भलिबल प्रतियोगिताले अझ रोमाञ्चक बनाएको छ ।
    खचाखच भरिएको टुडिखेलले खेलप्रेमीहरूलाई मात्र नभई व्यवसायीहरूलाई पनि उत्साहित बनाएको छ । प्रतियोगिताले स्थानीय व्यापार प्रवद्र्धनमा समेत सकारात्मक प्रभाव पारेको छ उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदीप मिश्रका अनुसार, यसअघि बजार केही सुस्त थियो, तर प्रतियोगिताका कारण चहलपहल बढेको छ । यस्ता प्रतियोगिताहरू नियमित रूपमा आयोजना गरिँदा व्यापार व्यवसायमा उत्साह थपिएको छ । यस्तै यातायात क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको लंका यातायात प्रालीका अध्यक्ष कृष्णबहादुर भुसालले बताउनु भयो । उहाँका अनुसार गाउँबाट शहर आउने र शहरबाट गाउँ फिर्ता हुने यात्रुले गर्दा व्यवसायमा समेत बृद्धि भएको छ ।
    खेल मैदान वरपर विभिन्न व्यापारिक गतिविधि संचालनमा आएका छन् । स्थानीय उद्यमीहरूले आफ्ना उत्पादन विक्री–वितरण गर्ने अवसर पाएका छन् । प्रतियोगिताले खेल क्षेत्रलाई मात्र नभई अन्य क्षेत्रहरूलाई पनि प्रत्यक्ष रूपमा लाभ पु¥याएको मुख्यमन्त्रीका स्वकीय अधिकृत प्रदीप नेपाली बताउनु भयो । उहाँका अनुसार, यो प्रतियोगिताले खेलाडी, स्थानीय उद्यमी, व्यवसायी तथा निजी क्षेत्रका व्यक्तिहरूमा नयाँ ऊर्जा भरेको छ ।
    चैत ५ गतेदेखि सुरु भएको प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगितामा ११ जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख रुपैयाँ, ट्रफी र मेडल प्रदान गरिनेछ । द्वितीय हुने टोलीले ६५ हजार, तृतीय हुनेले ३५ हजार, भने सान्त्वना पुरस्कारस्वरूप १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिनेछ । साथै, उत्कृष्ट ६ विधाका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
    प्रतियोगिताले स्थानीय तहमा खेलप्रतिको जागरूकता बढाउनुका साथै खेलाडीहरूलाई नयाँ अवसर प्रदान गरेको लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरनदाज गौतमले बताउनु भयो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्नुभएको थियो ।

    Advertisement

    बिहिबार, चैत ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • २.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ६.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ७.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ८.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation