• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

अर्घाखाँची शिक्षक संगठनको पहिलो महिला अध्यक्षमा बन्जाडे


  •   आइतबार, चैत ०२, २०८१ मा प्रकाशित
  • अर्घाखाँची। नयाँ नेतृत्वको चयन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीको १४ अौ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
    अधिवेशनले सीता बन्जाडे भुसालको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समितिको सर्वसम्मत चयन गरेको छ ।भुसाल संगठनको नेतृत्व गर्ने पहिलो महिला सदस्य हुनुहुन्छ । शिवमदन माध्यमिक विद्यालय सतिनेटाको माध्यमिक तहमा कार्यरत उहाँ अब्बल शिक्षकको रुपमा स्थापित हुनुका साथै सामाजिक क्षेत्रमा समेत अगाडि हुनुहुन्छ ।
    यसैगरी समितिको उपाध्यक्षमा रामबहादुर खड्का र विष्णु अधिकारी,सचिवमा कमल पछाई,कोषाध्यक्ष सीता क्षेत्री,उपसचिव विष्णु पन्थी र सह-कोषाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल चयन हुनुभएको छ ।
    यसैगरी सदस्यमा डिलाराम पन्थी,भेषराज खनाल,विष्णु प्रसाद मिश्र,नारायण आचार्य ,तेजनारायण पौडेल,कमला भुसाल,निर्मला बि.क.,कृष्ण अर्याल,रोमाकान्त बेल्वासे,झविलाल पन्थी सुनार,विमला चौहान,बिमला खनाल,कमला भुसाल,नारायण बहादुर भाट,दिनेश बेल्वासे,टानबहादुर खत्री,टिका के.सी. र महेन्द्र श्रेष्ठ रहनु भएको छ ।
    यसैगरी केन्द्रीय प्रतिनिधिमा ध्रुवबहादुर खत्री,नेत्रप्रसाद पोख्रेल,दामोदर भाट र सारदा बस्याल चयन हुनुभएको छ ।
    अधिवेशनले पदमराज पन्थीलाई लेखा संयोजक निर्वाचित गरेको छ ।
    अधिवेसनको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपमहासचिव एकदेव पन्थीले चालु संसद बाट शिक्षा ऐन जारी गराउने बताउनु भयो । उहाँले सरकार शिक्षकका समस्या प्रति गम्भिर बन्नु पर्ने भन्दै वर्तमान केपी शर्माओली नेतृत्वको सरकारले नै शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनेगरी शिक्षक मैत्री शिक्षा ऐन ल्याउनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
    कार्यक्रममा मन्तव्य राख्दै शिक्षक महासंघका केन्द्रीय उपमहासचिव रामप्रसाद ढकालले संसद् बाट शिक्षा ऐेन तत्काल पारित गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले शिक्षा ऐन पारित गर्न आनाकानी गरिएमा देश ठप्प पार्नेगरी आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
    नेपाल राष्ट्रिय शिक्षक संगठका केन्द्रीय सदस्य समेत रहनुभएका ढकालले सरकारी शिक्षकको कार्य क्षमता सरकारका अरु निकायमा कामगर्नेहरुको भन्दा अब्बल रहेको र परिणाममुखी काम गरेर देखाएको दाबी समेत गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले नेकपा एमाले र वर्तमान सरकार शिक्षक मैत्री शिक्षा ऐनको पक्षमा दृढ रहेको बताउनु भयो । उहाँले मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षकहरुको मन दुखाउने पक्षमा आफ्नो पार्टी नभएको भन्दै शिक्षाऐन तत्काल जारी हुनेमा विश्वस्त रहन आग्रह गर्नु भयो ।
    कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिका अध्यक्ष शोभाखर पन्थी,नेपाल राष्ट्रीय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिका महासचिव सुरेश गौतम,पेसागत महासंघ नेपालका महासचिव नेत्रप्रसाद पोख्रेल,नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष बावुराम आचार्य,सेवानिवृत्त शिक्षक श्यामबहादुर भुसाल , छुट,अस्थायी,करार शिक्षक संघर्ष समितिका उपाध्यक्ष रामबहादुर बस्नेत लगायतले मन्तव्य राख्दै शिक्षकका जायज माग र अधिकारको पक्षमा आवाज उठाउनु भयो ।
    नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुवबहादुर खत्रीको अध्यक्षता ,सचिव पानबहादुर खत्रीको संचालन र उपाध्यक्ष सीता बन्जाडे भुसालको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला उपाध्यक्ष शम्भुप्रसाद पोख्रेल लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
    कार्यक्रममा सेवा निवृत्त करीब ४ दर्जन शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जिल्लाका सयौं शिक्षकको उपस्थिति रहेको थियो ।

    Advertisement

    आइतबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation