• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ९. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

ओली र प्रचण्डबीच छलफल नेकपा सचिवालय बैठक बस्ने


  •   शनिबार, असोज २०, २०७५ मा प्रकाशित
  • काठमाडौँ, असोज २० गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक यही असोज २१ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलबाट बैठक मिति तय भएको हो ।

    Advertisement


    पार्टीको जनवर्गीय सङ्गठन, विभाग लगायत तल्ला समितिको एकीकरणको विषयमा छलफल हुनुको साथै सरकारको काम कारबाहीको बारेमा सचिवालयमा छलफल हुने बताइएको छ । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका विषयमा पनि सचिवाललयमा छलफल हुने बताइएको छ ।
    संयुक्त राष्ट्र सङ्घको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री ओली बिहीबार फर्किनु भएको छ । महासभामा भाग लिन अमेरिका जानुभएको बेला त्यहाँ विभिन्न देशका प्रतिनिधिसँग दुई देशको आपसी सम्बन्धका बारे प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुरा राख्नुभयो । त्यस्तै, त्यसबीचमा अध्यक्ष प्रचण्डले पनि श्रीमती सीता दाहाललाई सिङ्गापुरबाट उपचार गराएर फर्किनु भएको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो ।
    अध्यक्ष प्रचण्ड असोज १५ गते सिङ्गापुरबाट फर्किनु भएको हो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार राष्ट्र सङ्घको महासभामा सहभागिताका विषयमा दुवै अध्यक्षबीचमा कुराकानी भएको छ । त्यसका साथै, सरकार सञ्चालन र पार्टीको गतिविधिको बारेमा पनि उहाँहरू बीच सामान्य छलफल भएको र बाँकी विषयमा सचिवालयको बैठकबाट टुङ्गो लगाउन असोज २१ गतेका लागि बैठक बोलाइएको सापकोटाले जानकारी दिनुभयो ।
    आफू नेपाल बाहिर रहेका बेला प्रदेश समितिको इन्चार्ज तथा अध्यक्षको टुङ्गो लगाइएको विषयमा नेकपाका नेता माधवकुमार नेपालले चित्त दुखाउनु भएको छ । हाल चीन भ्रमणमा रहनुभएका नेता नेपालले दसैंको शुभकामना आदान प्रदानको नाममा पार्टीका नेताहरूलाई भेला गरी सचिवालयको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । त्यसका साथै संसद्को दोस्रो अधिवेशनको अन्तिम दिन नेता नेपालले संसद्मा बोल्नुहुँदै सरकारको काम कारवाहीका बारेमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मुलुक बाहिर भएका बेला यी गतिविधिहरू हुँदा पार्टीमा विवाद रहेको सन्देश बाहिर गएको बारेमा पनि छलफल भएको जनाइएको छ ।
    नेता नेपालले असन्तुष्टि व्यक्ति गर्नुभएपछि त्यतिबेला सिङ्गापुरमा रहनुभएका अध्यक्ष प्रचण्डले फोन गरी प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा प्रदेश समितिको अध्यक्ष, सचिवका बारेमा सचिवालयले गरेको निर्णयका बारेमा आफू फर्केपछि पार्टीमा पुनः छलफल गर्ने आश्वासन दिनुभएको थियो । त्यसको विषयमा पनि सचिवालयमा छलफल हुने बताइएको छ ।
    सचिवालयको बैठकपछि स्थायी समितिको बैठक पनि बस्ने बताइएको छ । यसअघि स्थायी समिति बैठक बस्ने तय भए पनि नेताहरूको व्यस्तताका कारण बसेको थिएन । प्रदेश समितिको निर्णयलाई स्थायी समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ ।

    rss,

    शनिबार, असोज २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • २.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ३.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ४.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ५.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ६.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ७.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ८.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...