• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ५. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ६. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ७. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • ८. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ९. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • १०. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

ओली र प्रचण्डबीच छलफल नेकपा सचिवालय बैठक बस्ने


  •   शनिबार, असोज २०, २०७५ मा प्रकाशित
  • काठमाडौँ, असोज २० गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक यही असोज २१ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भएको छलफलबाट बैठक मिति तय भएको हो ।

    Advertisement


    पार्टीको जनवर्गीय सङ्गठन, विभाग लगायत तल्ला समितिको एकीकरणको विषयमा छलफल हुनुको साथै सरकारको काम कारबाहीको बारेमा सचिवालयमा छलफल हुने बताइएको छ । पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक विवादका विषयमा पनि सचिवाललयमा छलफल हुने बताइएको छ ।
    संयुक्त राष्ट्र सङ्घको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री ओली बिहीबार फर्किनु भएको छ । महासभामा भाग लिन अमेरिका जानुभएको बेला त्यहाँ विभिन्न देशका प्रतिनिधिसँग दुई देशको आपसी सम्बन्धका बारे प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग कुरा राख्नुभयो । त्यस्तै, त्यसबीचमा अध्यक्ष प्रचण्डले पनि श्रीमती सीता दाहाललाई सिङ्गापुरबाट उपचार गराएर फर्किनु भएको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभयो ।
    अध्यक्ष प्रचण्ड असोज १५ गते सिङ्गापुरबाट फर्किनु भएको हो । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार राष्ट्र सङ्घको महासभामा सहभागिताका विषयमा दुवै अध्यक्षबीचमा कुराकानी भएको छ । त्यसका साथै, सरकार सञ्चालन र पार्टीको गतिविधिको बारेमा पनि उहाँहरू बीच सामान्य छलफल भएको र बाँकी विषयमा सचिवालयको बैठकबाट टुङ्गो लगाउन असोज २१ गतेका लागि बैठक बोलाइएको सापकोटाले जानकारी दिनुभयो ।
    आफू नेपाल बाहिर रहेका बेला प्रदेश समितिको इन्चार्ज तथा अध्यक्षको टुङ्गो लगाइएको विषयमा नेकपाका नेता माधवकुमार नेपालले चित्त दुखाउनु भएको छ । हाल चीन भ्रमणमा रहनुभएका नेता नेपालले दसैंको शुभकामना आदान प्रदानको नाममा पार्टीका नेताहरूलाई भेला गरी सचिवालयको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । त्यसका साथै संसद्को दोस्रो अधिवेशनको अन्तिम दिन नेता नेपालले संसद्मा बोल्नुहुँदै सरकारको काम कारवाहीका बारेमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मुलुक बाहिर भएका बेला यी गतिविधिहरू हुँदा पार्टीमा विवाद रहेको सन्देश बाहिर गएको बारेमा पनि छलफल भएको जनाइएको छ ।
    नेता नेपालले असन्तुष्टि व्यक्ति गर्नुभएपछि त्यतिबेला सिङ्गापुरमा रहनुभएका अध्यक्ष प्रचण्डले फोन गरी प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा प्रदेश समितिको अध्यक्ष, सचिवका बारेमा सचिवालयले गरेको निर्णयका बारेमा आफू फर्केपछि पार्टीमा पुनः छलफल गर्ने आश्वासन दिनुभएको थियो । त्यसको विषयमा पनि सचिवालयमा छलफल हुने बताइएको छ ।
    सचिवालयको बैठकपछि स्थायी समितिको बैठक पनि बस्ने बताइएको छ । यसअघि स्थायी समिति बैठक बस्ने तय भए पनि नेताहरूको व्यस्तताका कारण बसेको थिएन । प्रदेश समितिको निर्णयलाई स्थायी समितिको बैठकबाट अनुमोदन गराइने बताइएको छ ।

    rss,

    शनिबार, असोज २०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै
    ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त
    दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ
    जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ
    पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ५.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    भर्खरै

    • १.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • २.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ४.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ५.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ६.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ७.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ८.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...