प्युठान। राष्ट्रिय युवा संघ नेपाल गौमुखी गाउँपालिकाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य ज्ञानुमाया केसीको प्रमुख आतिथ्यता र पदम बहादुर केसीको अध्यक्षतामा आज सम्पन्न दोश्रो अधिवेशनले सुरेन्द्र जिसी अध्यक्ष रहेको २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा प्रकाश न्यौपाने, सचिवमा चित्र गिरी,उप-सचिवमा तिलक पुन मगर, मिना सुनार, कोषाध्यक्षमा अमृता बिष्ट चुनिएका छन् ।
Advertisement