होसियार आफ्नो परिवारलाई ख्याल गर्नुस, ८ वर्षीय बालकको अपहरण, प्रत्यक्षदर्शी भन्छन्ः पिट्दै गाडीमा हाले

काठमाण्डौं, असोज १७ – काठमाण्डौंको गोठाटारबाट अज्ञात समुहले एक बालक अपहरण गरि लगेको छ । गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन् ।

तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले प्रहरीलाई खबर गरेका हुन । अहिले तिव्ररुपमा बालकको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाण्डौंका एसएसपी बसन्त लामाले जानकारी दिए ।

तीन जनाको समूहमा आएको अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । प्रत्यक्षदर्शीले बालकलाई पिट्दै गाडीमा हालेर लगेको जानकारी दिएका छन् । बालकको खोजीका लागि तिनै जिल्लाका प्रहरी परिचालन गरिएको छ । अहिले काठमाण्डु, भक्तपुर र ललितपुरका प्रहरी बालकको खोजीमा जुटेको बताइएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...