गुल्मी । नेपाल निजामती कर्मचारी युनियन मुसिकोट नगरकार्यसमितिको पहिलो अधिवेशन तथा पालिका भेला सम्पन्न भएको छ । वामीटक्सारमा सम्पन्न अधिवेशनले मनोज श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती गठन गरेको छ ।
जसको उपाध्यक्षमा अञ्जना श्रेष्ठ, सचीवमा कृष्ण थापा, सह–सचिवमा पुणर्कला बिसि, र कोषाध्यक्षमा प्रतिमा श्रेष्ठ लगायत चयन भएका छन् । सदस्यहरुमा मनिसा घिमिरे, बालकृष्ण कार्की, झंकार रोकाया, मधुसूदन थापा, भिमबहादुर कार्की र निरबहादुर बोहोरा रहेका छन्।
प्रथम अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य कल्पना घिमिरेले निर्वाचित कार्यसमितिलाई बधाई दिदैं जनताको पक्षमा निडर भएर काम गर्न आग्रह गरिन । जनताको पक्षमा काम गर्दा कुनै गाह्रो अप्ठ्यारो आएमा पार्टी र नेताहरु ढाल भएर उभिने भन्दै निस्वार्थ भावले काम गर्न आग्रह गरिन ।
निर्वाचित कार्यसमितिलाई जिल्ला अध्यक्ष मेघलाल पान्डेले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटाले युनियनलाई पार्टीको तर्फबाट सदैव साथ सहयोग रहने बताए ।उनले सबैपक्षसंग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे ।
मुसिकोटमा निजामती कर्मचारी युनियन गठन
मुसिकोटमा निजामती कर्मचारी युनियन गठन
Advertisement
तपाईको प्रतिक्रिया