प्यूठान। प्यूठानको गौमुखी गाउँपालिका भित्रका अति बिपन्न परिवारलाई न्यानो सिरक बितरण गरिएको छ । गौमुखी क्षेत्रको पुजा,लिबाङ,खुङ र नारिकोटका विपन्न परिवारलाई बाक्लो सिरक बितरण गरिएको हो।
गौमुखी -७, नारिकोटका स्थानीयवासी एवं रोटरी क्लब काठमाण्डौका अध्यक्ष सन्तोष कुँवरको सहयोगमा ४२ विपन्न परिवारलाई सिरक वितरण गरिएको हो । कुँवरले गाउँमै पुगेर सिरक वितरण गरेका हुन ।
Advertisement
उनले ओढ्ने सिरक वितरण गरेर विपन्न तथा गरिव परिवारमा न्यानो भित्र्याउन पाएको भन्दै खुसी व्यक्त गरे । गौमुखीका अरु वडामा समेत सहयोग विस्तार गर्दै लैजाने सहयोगीदाता कुँवरको योजना छ । अब ३८ विपन्न परिवारलाई सिरक वितरण गरिने उनले सुनाए। लामो समयदेखी काठमाडौंमा बस्दै आएका सन्तोष व्यवसायसँगै सामाजिक कार्यमा सक्रीय छन्।