• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ४. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ५. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ६. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ७. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

गुल्मी प्रशासनलाई फाउण्डेसनबाट फर्निचर सहयोग


  •   बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला प्रशानस कार्यालयलाई मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्धारा फर्निचर सामाग्री सहयोग भएको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिने सेवाग्रहीको सहजताको लागि मानबहादुर एण्ड मायादेवी फाउण्डेसन तम्घास गुल्मीले १२ वटा बेञ्च सहयोग गरेको छ ।
    फाउण्डेसनको तर्फबाट मानबहादुर श्रेष्ठले निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेलाई उक्त फर्निचर सामाग्री प्रदान गरेका हुन् । पछिल्ला दिनहरूमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउनेको भिड अत्याधिक बढेको छ । भिडका कारणले ज्येष्ठ नागरिकहरु चिसो भुइमा बसेर सेवा लिनु पर्ने अवस्था थियो । त्यसको अत्यका लागि फाउण्डेसनद्धारा फर्निचर सामाग्री सहयोग गरेको फाउण्डेसनका अध्यक्ष नगेन्द्रमान श्रेष्ठले बताए । काठबाट तयार भएका बेञ्चमा एउटामा ८ जनासम्म बस्न मिल्ने गरि तयार गरिएको छ । ज्येष्ठ नागरिकहरुले पाइरहेको कष्टपूर्ण अवस्था देखेपछि फाउण्डेसनका संरक्षक मानबहादुर श्रेष्ठले बताए ।  प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र बनाउने ठाउँमा पालो कुर्ने स्थलमा बस्ने बेञ्च नहुँदा समस्या रहेको थियो । राष्ट्रिय परिचयपत्र र राहदानी लगायत प्रशासनका सेवा लिन जाने जेष्ठ नागरिकहरु चिसो भुइमा बसेर पालो कुर्नुपर्ने अवस्था थियो ।
    जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले सेवाग्रहीको सहजताको लागि फाउण्डेसनलाई गरिएको आग्रह स्वरुप १२ वटा बेञ्च सहयोग भएकोमा धन्यवाद दिए । उनले पछिल्लो केहि दिन यता राष्ट्रिय परिचयपत्र, राहदानी लगायत प्रशासनका सबै सेवा लिनेको संख्या अत्यधिक रहेकाले सेवाग्रहीलाई पालो कुर्ने क्रममा चिसो भुइमा बसेर पालो कुर्नुपर्ने बाध्यता रहेको बताए ।
    फर्निचर सामाग्री सहयोगले सेवाग्रहीलाई सहज हुने गैरेले बताए। मानबहादुर एण्ड मायादेवी फाउण्डेसनद्धारा गुल्मी जिल्लामा विभिन्न ठाउँमा विभिन्न समयमा सहयोग प्रदान गर्दै आएको छ ।   फाउण्डेसनद्धारा गुल्मी अस्पतालमा ३ वर्षसम्म निःशुल्क स्वास्थ्य शिबिर अयोगजना गरेको फाउण्डेसनका सहयोगी जनक पन्थले बताए । त्यस्तै गुल्मी अस्पतालमा २ जना ल्याब टेक्नीसीयनलाई २ वर्षसम्म तलब रकम भुक्तानी गरेर सेवा दिने काम गरेको पन्थको भनाइ छ ।    जिल्लाका दजाकोट, ताल्तुङ्ग लगायत ठाउँमा आगोलागी पीडित परिवारलाई रहत सामाग्री प्रदान गरेको थियो । फाउण्डेसनद्धारा कोरोना महामारी बाढी पहिरोमा खाद्यन्न सामाग्री सहयोग पनि हुँदै आएको छ । सूर्यथुम क्याम्पसलाई ६ थान कम्प्युटर सहयोग गरेको फाउण्डेसनका अध्यक्ष श्रेष्ठले बताए । गुल्मी तम्घास निवासी समाजसेवी मानबहादुर श्रेष्ठका छोराहरुले आफना बुवा आमाको नाममा फाउण्डेसन स्थापना गरेर जिल्लामा समाजिक उत्तरयी स्वरुपका कार्य गर्दै आएका छन् ।
    पछिल्लो समय जिल्ला प्रशासन कार्यालय गुल्मीमा सामान्य तया ४० जना देखि ६० जनासम्मको राष्ट्रिय परिचयपत्रका लागि आवेदन लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीमा पछिल्लो केहि दिन यता दोब्बरले संख्या बृद्धि भएको छ । राष्ट्रिय परिचयपत्र प्राप्तीका लागि आवेदनका लागि ज्येष्ठ नागरिकहरु लाइनमा बस्ने गरेका छन् । एकै पटक सेवाग्रही राष्ट्रिय परिचयपत्र बनाउन प्रशासन कार्यालय पुग्दा सेवाग्रही र सेवाप्रवाहमा समेत समस्या हुने गरेको छ । अहिले प्रशासन कार्यालयमा ३ वटा स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य गरिएको छ ।
    जसमा सरदर ७० जनासम्मको क्षमता रहेको छ । तर अहिले दोब्बरले संख्या बृद्धि हुँदा सेवा ग्रहीलाई पनि समस्या हुने गरेको छ। गुल्मी जिल्ला प्रशासन कार्यालयबाट पछिल्लो एक सातामा ४१६ जनाले राष्ट्रिय परिचयपत्र दिन विवरण दर्ता गराएका छन् ।

    Advertisement

    बुधबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ४.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ५.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ६.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    भर्खरै

    • १.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • २.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ३.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ४.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ५.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • ७.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ८.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation