रोल्पा । रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् । जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिनु भएको छ । माटोको ढिस्कोले पुरिएर स्थानिय ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको हो।बेपत्ता एक जनाको खोजी भइरहेको प्रवक्ता शाहीले बताउनु भएको छ । दुई जना भने भाग्न सफल भएका थिए ।
Advertisement