प्युठान। नेकपा एकीकृत समाजबादी छोडेर स्वतन्त्र बसेका नेताहरूले ‘नेकपा बामपन्थी केन्द्र’ नामको नयाँ पार्टी घोषणा गरेका छन् ।
उनिहरुले सोमवार दाङको भालुबाङमा एक कार्यक्रम आयोजना गरेर दल घोषणा गरेका हुन्। नयाँ पार्टीमा ५१ सदस्यीय कार्यसमिति छ ।
पार्टी संयोजकमा राजकुमार कक्षपती, अध्यक्ष मुकुन्द राज रोका र महासचिब अर्जुन अधिकारी रहेका छन। एकीकृत समाजबादीमा कक्षपती केन्द्रीय सदस्य, रोका लुम्बिनी प्रदेश उपाध्यक्ष र अधिकारी लुम्बिनीको युवा फ्याक्सन इन्चार्जको जिम्मेबारीमा थिए। तर, एकीकृत समाजबादीको केन्द्रीय अधिबेशनपछि असन्तुस्ट्र बनेका उनिहरु पार्टीको जिम्मेवारी त्यागेर स्वतन्त्र वसेका थिए।
Advertisement