पाल्पा। पाल्पामा तीन जना व्याक्ती मृतावस्थामा फेला परेका छन्। जिल्लाका विभिन्न स्थानमा दुई जना पुरुष र एक जना महिला गरी तीन जना व्याक्ती बिहिबार मृत फेला परेका हुन्।
जिल्लाको रम्भा गाउँपालिका–१, हुँगी सर्दीस्थित कालीगण्डकी किनारमा अन्दाजी ४५ वर्षका पुरुषको शव बेवारिसे अबस्थामा भेटिएको छ ।
उता, खेतमा काम गरेर बेलुकी घर फर्किने क्रममा गत असार २२ गते विच बाटोबाट सम्पर्क बिहिन भएकि माथागढी–४, झडेवाकी ७९ वर्षीया पदमकुमारी घर्ती मृत फेला परेकि छन । झडेवा खोला किनारमा उनि मृत अवस्थामा फेला परेकी हुन ।
यस्तै जिल्लाको तानसेन–११ का ५९ वर्षीय तिलबहादुर रानाभाट घरदेखि दुई किलोमिटरको दुरीमा रहेको प्रतीक्षालयमा मृत फेला परेका छन ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको सूचना अधिकारी डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए।
Advertisement