प्यूठान । प्युठान प्रहरीले सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई ७ वर्षपछि पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेमा प्यूठान नगरपालिका वडा नम्वर १० बस्ने २८ वर्षीय भुमेराज जिसी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिए ।
थापाका अनुसार धादिङ जिल्ला अदालतको २०७४ माघ १५ गतेको फैसला अनुसार सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भई हाल सम्म जिसी फरार रहेका थिए।
Advertisement
जिसी माथी लागेको कैद तथा जरिवाना असुल गराउनको लागी प्यूठान प्रहरीले पक्राउ गरी प्यूठान जिल्ला अदालतमा पठाएको प्युठान प्रहरीले जनाएको हो ।