नवलपरासी। नवलपरासीमा प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन।
जिल्लाको रामग्राम नगरपालिका वडा ७ उजैनी बस्ने ५३ बर्षिय निर्मल नेटुवाको साथबाट लागु औषध बरामद गरिएको प्रहरीले बताएको हो।
आईतवार महेशपुरबाट परासी तर्फ आउदै गरेको युपी ५६ ई २८७६ नम्बरको मोटरसाईकलमा आएका नेटुवालाई शंकाको आधारमा चेक जाँच गर्दा उनको साथबाट डाईजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल लागुऔषध भेटिएको थियो। नेटुवालाई अदालतबाट लागु औषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
Advertisement