• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

प्युठानका सामुदायिक विद्यालयको नतिजा कमजोर


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • प्युठान । प्युठानका सामुदायिक विद्यालयको शैक्षिक स्थिति कमजोर देखिएको छ । कक्षा ८ को हालै प्रकाशित परीक्षाको नतिजाले जिल्लाका धेरै जसो विद्यालयको अवस्था नाजुक देखाएको हो ।
    परीक्षामा सहभागी भएका सामुदायिक र निजी १३८ विद्यालयका पाँच हजार ३७३ जना विद्यार्थीमध्ये जम्मा एक हजार ७५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्रायः अङ्ग्रेजी, गणित र विज्ञान विषयमा विद्यार्थी अनुत्तीर्ण भएका हुन् । प्राप्त नतिजाको विवरण अनुसार विद्यार्थीको सिकाइ उपलब्धि ३३ प्रतिशत पनि नाघेको छैन ।
    जिल्लाको नौ स्थानीय तहमध्ये झिमरुक, मल्लरानी र ऐरावती गाउँपालिकाका विद्यार्थीको सिकाइ उपलब्धि ५० प्रतिशत नाघ्दा प्युठान नगरपालिकाको सिकाइ उपलब्धि जम्मा ४५ प्रतिशत देखिन्छ । यस्तै सरुमारानी र माण्डवी गाउँपालिकाको शैक्षिक प्रगति ४० प्रतिशतभन्दा तल छ भने गौमुखीको ३० प्रतिशत पनि उपलब्धि देखिएन । जिल्लाको स्वर्गद्वारी नगरपालिकाको पाँच र नौबहिनी गाउँपालिकाको तीनसहित आठ विद्यालयको कक्षा ८ को नतिजा शून्य छ । यी दुई स्थानीय तहमा १२ प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण भएको देखिन्छ । जिल्लाको आठ वटा विद्यालयमा एक/एक जना विद्यार्थी मात्र पास भए । कतिपय विद्यालयले कक्षा नौमा भर्ना गर्न पाउने ग्रेडसमेत ल्याउन नसकेको देखिएको छ ।
    जिल्ला शिक्षा विकास समन्वय एकाइ प्युठानका प्रमुख दुर्गाबहादुर खड्काले यो नतिजाले जिल्लाको शैक्षिक गुणस्तरको यथार्थ तस्बिर देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो परिणामलाई सन्तोषजनक मान्न सकिँदैन ।”
    शिक्षा समिति गठन गरेर जिल्लाको समग्र शैक्षिक गुणस्तर सुधारको रणनीति बनाइने एकाइ प्रमुख खड्काले सुनाउनुभयो । सामुदायिक विद्यालयको कमजोर नतिजा आएपछि स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले यस सम्बन्धमा मिहिन समीक्षा गरेर अघि बढ्ने बताएका छन् । स्वर्गद्वारी नगर प्रमुख टेकप्रसाद भण्डारीले अब शिक्षाको स्तर उकास्न आवश्यक कार्ययोजनासहित सुधारमा जुट्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक, विद्यार्थी र अभिभावकसहित सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । अर्को वर्षदेखि नतिजामा सुधार आउँछ ।”
    जिल्लाका पालिकाले अनुदानमा शिक्षक भर्नाका साथै कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षा लागु गरेका छन् । भौतिक संरचना निर्माणमा पनि उत्तिकै लगानी छ । सङ्घ र प्रदेश सरकारलेसमेत शैक्षिक क्षेत्रमा रकम खर्चेका छन् । लगानी, भौतिक साधन स्रोत र शिक्षक सङ्ख्या सबै भएर पनि सामुदायिक विद्यालयको शैक्षिक स्थिति खस्किँदै जानु चिन्ताको विषय रहेको यस क्षेत्रका सरोकारवाला बताउँछन् ।
    विद्यालयको व्यवस्थापन, शिक्षक नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप, विद्यालयप्रति अभिभावकको चासो कम हुनुलगायतका कारण शैक्षिक अवस्था कमजोर बन्दै गएको बताउँछन् ।
    स्थानीय तहले ग्रेड वृद्धि परीक्षाका लागि आवेदन फारम भर्न सूचित गरेको छ । साथै नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योगको लागि पाँच दिनभित्र शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ । सरकारले गत वर्षदेखि विद्यालय तहमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागु गरेको हो ।

    Advertisement

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation