गुल्मी । लोक दोहोरी गायक बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक भएको छ । कुनै बेला लोक दोहोरी क्षेत्रमा लगातार लोक दोहोरी गीत सार्वजनिक गरेर चर्चामा रहेका गायक पन्थीको लामो समयको अन्तरालमा अर्को नयाँ गीत सार्वजनिक भएको हो ।
लोक दोहोरी गीत संगीत क्षेत्रमा गायक पन्थीका यश अघिका गीतहरु दर्शक श्रोतामा अझै पनि उत्तिकै नै रुचाइएका छन् । केहि दिन अघि मात्रै सार्वजनिक भएको ‘उकालो चढ्दै छ पिरती’ गीत पनि चर्चामा रहेको छ ।
गायक पन्थी लोक दोहोरी क्षेत्रमा गायकसँगै गीतकार पनि हुन्। उनले आफुले पनि गीत लय शब्द र गाउने गरेका छन् ।
तर यसपटक भने गायक पन्थीले सार्वजनिक गरेको गीतमा स्वर दिएका हुन् । प्रलाद सुवेदीको शब्द रहेको गीतमा बसन्त थापाको लय छ ।
गीतमा बावुराम पन्थीको र सुनिता बुढाक्षेत्रीको स्वर रहको छ । गीतमा बैश ओरालो झर्दै गरेका र पिरती उकालो चढ्दै गरेका शब्द भाव रहेको छ ।
माया प्रेममा आधारित रहेको उक्त गीत नयां पुस्तालाई मध्यनजर राखेर तयार गरीएको छ ।
गीतको पुरा भिडियो ।
बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक
बावुराम पन्थीको ‘उकालो चढ्दै छ पिरती’ गीत सर्वाजनिक
Advertisement
तपाईको प्रतिक्रिया