• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन


  •   शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
  • दाङ – ‘स्वच्छ लघुवित्त हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय घोराही दाङले दुई दिने केन्द्र प्रमुख अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
    कार्यक्रममा प्रमुख अतिथि मधुसुदन शर्माले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले दिएका सेवाहरुमध्ये कर्जा विमा सेवाले सेवाग्राही सदस्यलाई भवितव्य पर्दा प्राप्त हुने राहत र संस्थाले गरेका विभिन्न सामाजिक कार्यहरुको प्रसंशा गर्दै सेवाको निरन्तरता र वित्तीय संस्थाको उज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए । कर्जा सदुपयोग गर्नुपर्ने, समुहमा मिलेर काम गर्दा उपलब्धी हासिल गर्न सहज हुने, संस्थाले स्थानीय निकायसँग समन्वय गरी हातेमालो गरेर अगाडि बढेमा आर्थिक तथा सामाजिक रुपान्तरण गर्न सकिने, र लघुवित्तले आर्थिक आय आर्जनमा मात्र नभइ उनीहरुको परिवारको शैक्षिक स्तरलाई अझै सुदढ बनाउनतर्फ ध्यान दिनुपर्ने बताए ।
    कार्यक्रममा शाखा कार्यालय घोराहीका चेतनाथ बगालेले वित्तीय संस्थाको समग्र सेवाको बारेमा प्रस्तुतीकरण मार्फत जानकारी प्रदान गरेका थिए भने ईलाका कार्यालयका प्रबन्धक दिपक महतले संस्थाको परिचयसहित वर्तमान अवस्था, समसामयिक समस्याहरु र समाधानका उपायका सम्बन्धमा चर्चा गर्दै वित्तीय संस्थाको आगामी रणनीतिको सम्बन्धमा प्रकाश पारेका थिए ।
    त्यस्तै वित्तीय संस्थाका अजय कुमार के सी, रुक्मिणी शाही, पदम विक र यादब पन्थीले आयोजित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बजार हल्लाको पछि नलाग्न र कर्जा सदुपयोत तथा वित्तीय अनुशासन कायम राख्न सुझाव दिए । कार्यक्रममा बोल्दै शाखा प्रमुख चेतनाथ बगालेले शाखा कार्यालयको स्थापनाकाल देखि हालसम्मको प्रगतीको अवस्था र बचत तथा कर्जाको बारेमा, लघुवित्तमा बहुबैंकिङले पार्ने समस्याका बारेमा जानकारी गराउँदै सहभागीबाट उठेका जिज्ञासाको बारेमा समेत प्रष्ट पारेका थिए ।
    कार्यक्रममा वार्षिक केन्द्र मूल्याङ्कनका आधार नेपाल प्रथम, कार्यालय द्वित्तीय र तृत्तीय हुने केन्द्रहरुलाई क्रमश नगद २५ हजार, ४ हजार र ३ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो । साथै गत आर्थिक वर्षमा एसईइसीमा उत्कृष्ट नम्बर ल्याउने एक जना विद्यार्थीलाई नगद रु १० हजार साथै प्रमाण पत्र प्रदान गरिएको थियो । कर्जा बीमा तथा ग्राहक संरक्षण कोषबाट ३ जना सदस्यहरुलाई ८ लाख ९२ हजार ५ सय राहत सुविधा समेत वितरण गरिएको थियो । सो कार्यक्रम बिभिन्न केन्द्रमा आबद्ध २३५ जना भन्दा बढी सदस्य तथा अभिभावकहरुको सहभागितामा सम्पन्न भयो ।
    स्वावलम्वन लघुवित्त वित्तीय संस्था लि।प्रचलित कम्पनी ऐन बमोजिम नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइ नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार गर्न ईजाजत पत्र प्राप्त “घ” वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।यस वित्तीय संस्थाले देशभर ६१ जिल्लामा रहेका १४५ वटा शाखा(उपशाखा र ९ वटा ईलाका कार्यालयहरुमार्फत करिब २ लाख ६० हजार भन्दा बढी विपन्न महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई बचत, कर्जा, विप्रेषण, लघुबीमा लगायतका अत्यावश्यक बैंकिङरवित्तीय सेवा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ ।
    शाखा कार्यालय घोराही दाङ अन्तर्गत सञ्चालित विभिन्न केन्द्रका केन्द्र प्रमुखहरुको सहभागितामा सञ्चालित कार्यक्रममा सोही कार्यालय अन्तर्गत केन्द्र नं ३० को केन्द्र प्रमुख महेश्वरी घर्तीको अध्यक्षतामा तथा घोराही उपमहानगरपलिका – ४ का अध्यक्ष मधुसुदन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
    साथै कार्यक्रममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ईलाका प्रबन्धक दिपक महत, सामाजिक अभियन्ता अशोका भण्डारीको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शाखा कार्यालय घोराहीका दिनेश शर्माले गरेका थिए ।

    Advertisement

    शुक्रबार, चैत ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation