• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

एमाले अर्घाखाँचीले सबै पालिकामा प्रशिक्षण दिने


  •   मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
  • अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले जिल्लाका सबै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ।
    एमाले जिल्ला कमिटी अर्घाखाँचीको सन्धिखर्कमा बसेको सातौं पूर्ण
    बैठकले प्रत्येक पालिकामा दुईदिने प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।
    जस अनुसार ७ र ८ गते सन्धिखर्क,९ र १० गते शीतगंगा,१० र ११ गते मालारानी ,१३ र १४ गते पाणिनि ,१५ र १६ गते भुमिकास्थान ,१७ र १८ गते छत्रदेव तथा २३ र २४ गते सन्धिखर्क बिशेष ईलाकामा दुईदिने सैध्दान्तिक प्रशिक्षण कार्यक्रम संचालन गरिने छ । नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले दिनु भएको जानकारी अनुसार चैत-३ गते एमालेले सबै पालिका कमिटीका बैठक सम्पन्न गर्ने छ ।
    यस्तै एमालेले जिल्लाका ६१ वटै वडामा चैत-५ गते एकैसाथ पार्टी सदस्यको परिक्षा लिेने भएको छ । परिक्षाको निम्ति पार्टी प्रदेश कमिटीले प्रश्नपत्र तयार गरि पठाएको जनाईएको छ । परिक्षामा जिल्लाका करीब ८ हजार पार्टी सदस्य सामेल गराउने एमालेको तयारी छ । यस्तो परिक्षा जिल्लाका नेता कार्यकर्ता सबैले दिनुपर्नेमा अनिवार्य गरिएको छ । साथै सोहीदिन ५ गते नै वडा कमिटीका बैठकहरु सम्पन्न गर्ने एमालेले तयारी गरेको छ ।
    यस्तै बैठकले चैत-५ गते एकै पटक पार्टी सदस्यको नविकरण गर्ने तयारी गरेको छ । एमालेले परिक्षामा सहभागी हुन आउने पार्टी सदस्यको पार्टी सदस्यता सोहीदिन नविकरण गर्ने जनाईएको छ । यस पटक देखि पार्टी सदस्यता नविकरणको निम्ति स्वयं पार्टी सदस्य उपस्थित हुनुपर्ने गरी कडाइ गरिएको छ । बिशेष कारणवश उपस्थित हुन नसक्नेको सन्दर्भमा सदस्यको अवस्था हेरी वडा कमिटीले निर्णय लिने छ । यस्तै एमालेले केन्द्रीय कार्यालय निर्माणको निम्ति प्रत्येक पार्टी सदस्य बाट एकसय रुपैयाँ संकलन गर्ने भएको छ । उक्त रकम पार्टी सदस्यता नविकरण गर्दा एकसाथ जम्मा गर्ने र सिधैं पार्टीको खातामा जम्मा गर्ने एमालेको तयारी छ।
    साथै बैठकले पालिका स्तरमा पार्टी र जनप्रतिनिधि बीच अन्तरक्रिया गरी जनप्रतिनिधिको कामलाई प्रभावकारी वनाउने,जिल्ला स्थित जनसंगठनका बैठक चैत मसान्त सम्म बसी जनसंगठनलाई गतिशील र चलायमान बनाउने लगायतका पार्टी जिवनमा महत्व राख्ने बिभिन्न निर्णय गरेको छ ।
    बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका पोलिट व्यूरो सदस्य ठाकुर गैरेले वर्तमान सरकारको निर्माण मुलुकको अपरिहार्य आबस्यकता भएको बताउनु भयो । उहाँले नेपाली जनताको ठूलो बलिदान ,त्याग र संघर्ष बाट प्राप्त उपलब्धि माथी पुनरउत्थानवादी र यथास्थितिवादीले गिद्धे दृष्टि लगाएको भन्दै उपलब्धिको रक्षा र संस्थागत विकासको निम्ति सबै अग्रगामी शक्तिको बीच एकताको खाँचो रहेको बताउनु भयो ।
    नेकपा एमाले अर्घाखाँचीका जिल्ला ईन्चार्ज समेत रहनु भएका गैरेले २०८४ मा हुने निर्वाचनमा नेकपा एमाले मुलुकको निर्णायक शक्तिको रुपमा स्थापित हुने बताउनु भयो । त्यसको लागि पार्टीको आन्तरिक जीबनलाई व्यवस्थित ,एकताबद्ध र गतिशील बनाउनु पर्नेमा जोड दिनुभयो । पार्टीले २०८१ को एक बर्षलाई पार्टीको आन्तरिक जिवनको शुद्धिकरण र सुदृढीकरण बर्षको रुपमा काम गर्ने गरी मनाउने तयारी गरेको भन्दै उहाँले नैतिक आदर्श ईमान्दार मूल्य सहितको पार्टी निर्माणको दिशामा अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।
    नेता गैरेले संबिधानको रक्षा,गणतन्त्रको संस्थागत बिकास एवं बिकास र समृध्दि नेकपा एमाले बाट मात्र संभव भएको भन्दै पार्टी निर्माणको काममा जुट्न सवैको ध्यानाकर्षण गराउनु भयो ।
    उहाँले पछिल्लो समय जनतामा अविश्वास ,निराशा पैदा गरि सबैनेता एउटै हुन,खत्तम भयो , केहीपनि भएन भनेर कुत्सित नियतका साथ जनतालाई भड्काउन खोजेको भन्दै सचेत भएर अगाडि बढ्न र अहिलेको वास्तविकता बारे जनलाई बुझाउन आग्रह गर्नु भयो ।
    साथै नेता गैरेले संविधान च्यात्ने,धर्म र जातको आधारमा समाज भड्काउने,संघियता खारेज गर्ने र सिङ्गो व्यवस्था माथी धावा बोल्ने छुट कसैलाई नभएको भन्दै यस्ता हरकतलाई एमालेले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य बोमवहादुर बि.क.ले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक,सामाजिक र सांस्कृतिक रुपान्तरण हुन नसकेको वताउनु भयो ।
    उहाँले सामाजिक न्याय सहितको विकास र समृध्दि अहिलेको टड्कारो आबस्यकता भएको बताउनु भयो । नेता बि.क.ले समाज रुपान्तरण,सामाजिक न्याय, अग्रगमन ,अधिकार प्राप्ति र रक्षाको निम्ति संघर्ष गर्न समेत तयार हुनुपर्नेमा जोड दिनु भयो । पछिल्लो समय कार्यकर्ता हरेक कुरामा मौन बस्न थालेको प्रति लक्षित गर्दै उहाँले अन्याय सहनु पनि अन्याय भएको बताउनु भयो । उहाँले जनसरोकारका बिषयमा आबाज बुलन्द गर्न कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
    कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले उच्च मनोबलका साथ पार्टी काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेता तथा कार्यकर्ताको आनिवानी ,कार्यशैली र समाज प्रतिको दायित्व बारे जनताले प्रत्येक दिनको हिसाब राख्ने भन्दै मन,बचन र कर्मले समाज रुपान्तरणको दिशामा जुट्न र आफुलाई रुपान्तरण गरेर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
    नेता भुसालले नेता र कार्यकर्ताले भाषण गरेरमात्र नहुने भन्दै दु:ख परेको बेला एमाले साथमा छ भन्ने भरोसा हुनेगरी काम गर्न आग्रह गर्नुभयो ।
    एकताबद्ध पार्टी र वलियो कार्यकर्ता पङ्ति भए सम्म जिल्लामा नेकपा एमालेलाई कुनै तागतले हराउन नसक्ने भन्दै हरेकखाले चुनौतीको सामना गर्न नेतृत्व तयार रहेको वताउँदै थप सक्रियताका साथ जिम्मेवारी पुरा गर्न आग्रह गर्नु भयो।
    एमाले जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता , उपसचिव शम्भुप्रसाद पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री,एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे,प्रदेश कमिटीका सदस्य कुटमदिन अलि,केवी भुसाल,भोजबहादुर गन्दर्व,प्रमिला क्षेत्री,भिम के.सी.,मनि पन्थी , बशन्ता भुसाल लगायतको उपस्थिति रहेको थियो ।

    Advertisement

    मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation