बुटवल । नेकपा एमाले गुल्मीको छत्रकोट–रूपन्देही सम्पर्क मञ्चको अध्यक्षमा टंकनाथ पाण्डे निर्वाचित भएका छन् । शनिवार सम्पन्न भेलाले पाण्डेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
मंचको उपाध्यक्ष रामचन्द्र पौडेल एवं कोपिला पाण्डे, सचिव हरिकृष्ण सुवेदी, उपसचिव योगेन्द्र कँडेल र कोषाध्यक्ष भोजराज ज्ञवाली चयन भएका छन् ।
कार्यक्रममा अवसरमा प्रमुख अतिथि पार्टी पोलिटव्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय कमिटी सदस्य तथा छत्रकोट इन्चार्ज दिनेश पन्थी, प्रदेश सचिवालय सदस्य मधुकृष्ण पन्त, प्रदेश सदस्य तथा गुल्मी दरबार इन्चार्ज फर्शु पाण्डे, छत्रकोट गाउँपालिकाका निर्वाचित अध्यक्ष रामप्रसाद पाण्डे, छत्रकोट गाउँपालिका कमिटी अध्यक्ष पिताम्बर अर्याल, अनेमसंघ छत्रकोट पालिका अध्यक्ष गंगा पन्थ र गुल्मी-रूपन्देही सम्पर्क मञ्चका अध्यक्ष हेम थापाले अधिवेशनको सफलताको शुभमकामना व्यक्त गरेक थिए ।
बालकृष्ण अर्यालको अध्यक्षता र किरण न्यौपानेको संचालनमा भएको कार्यक्रममा भुवन पन्तले स्वागत रहेको थियो ।