• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

प्रधानमन्त्री कप: लुम्बिनी टिममा दाङका खेलाडी पर्ने सम्भावना कति ?


  •   सोमबार, पुष २३, २०८० मा प्रकाशित
  • दाङ । यही पौष २७ गतेदेखी सँचालन हुन थालेको प्रधानमन्त्रीकप क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेश क्रिकेट सँघले छनौट प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगिताको उद्वेश्य हो उत्कृष्ट खेलाडी हरुबाट लुम्बिनी प्रदेश क्रिकेट टिम खडा गर्नु ।पुस १२ देखि २२ गतेसम्म सञ्चालित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको छनौटबाटै टिम बनाईने लुम्बिनी प्रदेश क्रिकेट सँघका सचिब कैलाश रोका मगरले बताए । ‘कुन जिल्लाबाट कति खेलाडी पर्छन त्यो भन्न सक्ने अबस्था छैन सचिब रोकाले भने-सबै खेलाडीको रेकर्ड छ, यसलाई मुल्याङ्कन गरि टिम बनाउछौ, मजबुत टिम बनाउने योजना छ ।’

    Advertisement

    छनौट प्रतियोगिता सकिए सँगै लुम्बिनी प्रदेश टिममा दाङका खेलाडी कति पर्छन होला! भन्ने कुराले जिज्ञासा बढाएको छ । समूह बि मा रहेर दाङले ३ खेलमा प्रतिष्प्रधा गर्यो । बर्दियालाई दुई खेलमा जित्न सफल भयो भने बाँके सँग एउटा खेलमा हार ब्यहोर्न पर्यो । बाँके सँग हार ब्यहोरेको खेलपनि प्रतिष्प्रधाकै खेल थियो । दाङको नाममा लज्जास्पद हार भने छैन ।

    खेल प्रदर्शन अनुसार दाङका खेलाडीहरुलाई नजिकबाट नियाल्ने हो भने ३ देखि ४ जना सम्म प्रदेश टिममा पर्नसक्ने सम्भाबना रहेको छ ।
    दाङ्गको टिममा रहेका बिराट सिँह भण्डारीको प्रतियोगिता भरि नै उत्कृष्ट खेल रह्यो । बर्दिया सँगको पहिलो खेलमा बिराटले देखाएको जवरजस्त ब्याटिङनै उनी प्रदेश टिममा पर्ने सम्भावना बढेको हो । भारतका बिराट कोहली जस्तै दाङका लागि बिराट सिँह भण्डारी बिश्वासिलो खेलाडीका नाममा परिचित छन । बर्दिया सँगको पहिलो खेलमा बिराटले २ विकेट लिँदै दाङलाई जित दिलाउन ७३ रनको नटआउट पारी खेलेका थिए । दाङका ओपनर ब्याट्सम्यान समेत रहेका बिराटले ८० बलमा अर्धशतक बनाउँदै खेलअबधीभर १ सय ३३ बलमा ७३ रनको योगदान दिई दाङलाई जिताएर पेभिलिएन फर्किएका थिए । सोहीखेलमा बिराट म्यान अफ दि म्याच घोषित भए । बर्दिया सँगकै त्यस्रो खेलमा बिराटले १ विकेट लिँदै दाङलाई जिताउन ३२ रनको योगदान दिए ।

    अर्का सम्भावनाका खेलाडी हुन कप्तान शुसान्त सिँह थापा । जिल्लाका खेलाडी मध्य सहनशिलता सँगै खेल प्रदर्शन गर्ने उनिमा खुबी छ । नेतृत्वदायी भुमिकामा रहेर खेलाडीहरुलाई हौसाउँदै खेलमा जित निकाल्न खप्पिस छन कप्तान शुसान्त । छनौट प्रतियोगितामा खासै राम्रो प्रदर्शन नभएपनि उनको खुबीले उनी प्रदेश टिममा पर्नेसक्ने सम्भावना बलियो छ । बर्दिया सँगको त्यस्रो खेलमा कप्तान थापाले ५५ बलको सामना गर्दै ८ चौका प्रहार गरि ४८ रनको नटआउट पारी खेले । बाँके सँगको खेलमा पनि उनले १४ रन बनाएका थिए ।

    दाङका स्ट्राईकर बलर वीर बहादुर घर्ती मगर पनि टिममा पर्ने सम्भावना बलियो छ । फास्ट बलरका रुपमा परिचित बिरबहादुर अलराउण्ड खेलाडी हुन । प्रतियोगिताभरी उनको प्रदर्शन आहा भन्न लायक रह्यो । बर्दिया सँगको पहिलो खेलमा उनले ७.१ ओभरमा जम्मा २२ रन खर्चेर १ मेडन राखी ३ विकेट लिएका थिए । जसको मद्दतले दाङ बिजयी पनि बनेको थियो । बाँकेसँगको दोस्रो खेलमा पनि बिरबहादुरले ६ ओभरमा जम्मा २२ रन खर्चेर १ मेडन राखी २ विकेट लिएका थिए । बर्दिया सँगको त्यस्रो खेलमा बिरबहादुरले झनै तहल्कै मच्याए । उनले ९ ओभरमा २ मेडन राखी जम्मा २३ रन खर्चेर ४ विकेट गिराउन सफल भए । जसले गर्दा बर्दियालाई बज्रापात पर्यो अनि हार ब्यहोर्न पर्यो । जुन खेलमा बिरबहादुर म्यान अफ दि म्याच घोषित पनि भए । खेल अबधीभर प्रतिष्प्रधी खेलाडीहरुलाई बिरबहादुरले दवाबमा राखिरहे । प्रतिष्प्रधी खेलाडीहरुलाई बिरबहादुरको बलिङ कतिबेला सकिने भन्ने चिन्ता हुन्थ्यो ।

    त्यस्तै अर्का खेलाडी हुन मोहन खत्री । उनी आफ्नो टिममा अलराउण्ड खेलाडीका रुपमा परिचित छन । खासगरी बलरमा छवि बनाएका मोहन ब्याटिङमा पनि उत्तिकै खपिस छन । उनले बर्दिया सँगको पहिलो खेलमा १ विकेट लिएर ब्याटिङमा ११ रनको योगदान दिएका थिए । बाँकेसँगको दोस्रो खेलमा मोहनले सर्बाधिक रनको योगदान दिए । उनले ५६ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाएका थिए । बर्दिया सँगको त्यस्रो खेलमापनि मोहनले १ विकेट लिएका थिए ।

    यिनै आधार र आफ्नो लगनशिलताले पनि दाङबाट यी ४ खेलाडी प्रदेश टिममा पर्नसक्ने आँकलन गरिएको छ ।

    सोमबार, पुष २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा
    लुम्बिनी प्रदेशमा राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान
    जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास
    इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित
    फिफाद्वारा एन्फा निलम्बित

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation