• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

टेङ्गनैया बाबा धार्मिक विकाश क्षेत्रको साधारण सभा


  •   शनिबार, पुष २१, २०८० मा प्रकाशित
  • लमही । टेङ्गनैया बाबा धार्मिक विकाश क्षेत्र लमही-८ निम्बुखुटीको पहिलो साधारण सभा सम्पन्न भएको छ ।

    Advertisement

    सँस्थाका अध्यक्ष दिकपाल योगीको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका सदस्य कुल बहादुर बुढा मगरको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले टेङ्गनैयाको बिकाश र प्रचारका निम्ति सबै एकढिक्का भएर लाग्नुपर्ने बताए । बिकाशका निम्ति धार्मिक र पर्यटनले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै उनले विभिन्न तहका सरकारहरुले यसतर्फ ध्यान दिन आग्रह गरे । पर्यटनका लागि यसक्षेत्रलाई प्रकृतीले साथ दिएको भन्दै लमही वडा नम्बर ७ र ८ लाई चिनाउन टेङ्गनैया बाबाको भुमिका रहने बताए ।
    यो सँगै वडा नम्बर ७ मा रहेको होमस्टे फस्टाउने र जँगल सफारी अनि राप्तीमा र्याप्टिङ गराउन सके समग्र यी वडाहरु उदाहरणिय हुने बताए ।

    ‘यति गर्न सके बस्ने, नुहाउने, धार्मिक पुजा, सफारी सबै हुने भयो बुढाले भने-टाढाका पर्यटकलाई चाहिने सुबिधा यिनै हुन, यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’
    उनले टेङ्गनैयाको बिकाशका निम्ति आफुले समन्वय समिति सँगै स्थानिय सरकार र अन्य निकाय सँग पहल गर्ने बताए । सँस्थाकि उपाध्यक्ष पार्बती गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष अमृ थापाले २ लाख, १३ हजार, ४ सय ४७ रुपैयाको बार्षिक लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गरेकि थिईन ।
    कार्यक्रममा सँस्थाकि सल्लाहकार राधा केसी, आजिवन सदस्य राजेन्द्र खड्का, सतबरिया सानाकिशान सहकारी सँस्थाका अध्यक्ष तेजमणी ज्ञावली, गिरिराज बुढाथोकी, सहसचिब तारा प्रसाद नेपाली, यादब प्रसाद काफ्ले, आजिवन सदस्य कर्ण बहादुर बुढाथोकी, वडा नम्बर ७ कि महिला वडा सदस्य उर्मिला चौधरी, वडा ८ कि सदस्य देवा परियार लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

    कार्यक्रममा निम्बुखुटीका सम्पुर्ण गाउँबासीहरुको अतुलनिय सहयोगले तदर्थ समिति गठन गरि सँस्था दर्ता तथा प्रचारमा महत्वपुर्ण भुमिका खेलेको भन्दै तत्कालिन अध्यक्ष डिल्लि बहादुर खड्का र सचिब यादबनाथ योगीलाई कदरपत्रले सम्मान गरिएको थियो ।
    कार्यक्रममा अध्यक्ष दिकपाल योगीले टेङ्नैया बाबा धार्मिक क्षेत्र यहाँसम्म आईपुग्नुमा निम्बुखुटी बासीको प्रमुख भुमिका रहेको भन्दै सबैमा धन्यबाद ज्ञापन गरे । आगामी दिनमा पनि यस क्षेत्रको बिकाशका निम्ति सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

    टेङ्गनैयाको ईतिहास 

    दाङको लमही नगरपालिका वडा नम्बर ८ अन्तरगत पर्ने निम्बुखुटीको सामुदायिक बनभित्र पहाडको फेदीमा अबस्थित छ टेङ्गनैया बाबा । यहाँ रहेको शिव मन्दिरको आशपासमा सधै पानी रहिरहने भएकोले यसक्षेत्रलाई जलाधार क्षेत्र मानिन्छ । पुर्ब पश्चिम महेन्द्र राजमार्ग देखि चार किलोमिटर उत्तरमा रहेको सो मन्दिर धार्मिक ईतिहास सँग जोडिएको जानकार बताउछन । परापुर्ब कालमा पाँच पाण्डबहरु स्वर्ग जाने क्रममा रिहार हुँदै यश क्षेत्रमा विश्राम गरि घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित धारापानीको पाण्डबेश्वर मन्दिरमा समेत विश्राम गरि स्वर्गद्वारी पुगेको धार्मिक किंबदन्ती छ ।

    यहाँ रहेको गुफा मन्दिरलाई स्वर्गद्वारी महाप्रभुका कान्छा चेला थानी महाराज ध्यान तपस्याको बेला देखेर भौतिक रुपमा पटकपटक खोजी गरेको स्थानिय बुद्धिजीवी समाजसेवी स्वर्गीय खिमनाथ योगिले बताउँदै आएका थिए । जँगल गएको बेला सुरुमा स्थानिय अग्रज ब्यक्तित्व स्वर्गीय आईतुराम बरालले गुफा मन्दिरलाई देखेपछि स्थानिय स्तरमा प्रचार सुरु भएको पुराना गाउँबासी बताउँछन ।

    यसमन्दिरमा शिबरात्रीको अबसरमा ठूलो मेला लाग्ने गर्दछ । साथै प्रत्यक सोमबार भक्तजनहरुले दर्शन गर्ने र भाकल गरेको कुरा पूरा हुने जनबिश्वास रहँदै आएको छ ।
    स्थानिय सरकार, सामुदायिक बनहरुको सहयोगमा गाउँदेखी गुफा मन्दिर सम्म पुग्ने गोरेटो बाटोको ट्रयाक खोलिएको हो । तर उक्त बाटो बर्सेनि बर्षायाममा बिग्रिएको देखिन्छ । स्थानिय सरकारले पक्कि बाटो तर्फ ध्यान दिए टेङ्गनैयाको थप बिकाश हुने निश्चित छ । त्यसो त लमही नगरपालिकाले हालसालै स्थानिय पाठ्यपुस्तकमा टेङ्गनैया बाबा बारे समाबेस गरेको छ । खासगरी स्थानिय स्तरको कक्षा ४ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकमा टेङ्गनैया बाबाको ईतिहासका बारेमा समाबेस गरिएको हो ।

    शनिबार, पुष २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...