सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले प्राध्यापकहरु संग छलफल गरेका छन् ।
अध्यक्ष चन्दले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति समेत रहेका प्रध्यापक डा.नन्द बहादुर सिंह, नेपाल प्राज्ञ प्रतिष्ठानका पुर्व सदस्य सचीव प्राध्यापक डा .जिवेन्द्र देव गिरि र उप- प्रध्यापक थानेश्वर लामिछानेलाई गाउँपालिकामा स्वागत गर्दै सिम्ता गाउँपालिकालाई समृद्ध बनाउने विषयमा सल्लाह सुझाव पनि लिएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि चन्दले विभिन्न विषयका विद्वानहरुलाई गाउँपालिका भ्रमण गराइरहेका छन् । स्थानीय तहलाई सवल बनाउन विद्वानको राय सुझावलाई नीति कार्यक्रममा समेटेर कार्यान्वयन गर्ने चन्दको योजना छ ।
प्राध्यापकहरु सङको छलफलमा उपाध्यक्ष गोमा शर्मा रेग्मी , प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली लगाएत अन्य कर्मचारी थिए । सिम्ता गाउँपालिकाले अतिथिहरुलाई `सिम्ता डायरी´ समेत प्रदान गरेको छ ।
गाउँपालिका अध्यक्ष चन्दद्वारा प्रध्यापकहरुसंग छलफल
गाउँपालिका अध्यक्ष चन्दद्वारा प्रध्यापकहरुसंग छलफल

Advertisement
तपाईको प्रतिक्रिया