रुकुम पश्चिम। रुकुम पश्चिममा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका-२ का सात वर्षीय बालक प्रतीक बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको हो । अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयमा समन्वय गरेर काठमाडौंबाट हेलिकोप्टर आउन लागेको र सोही हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी-८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जिप दुर्घनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए ।
रुकुम पश्चिममा जिप दुर्घटना हुंदा दुई जनाको मृत्यु
रुकुम पश्चिममा जिप दुर्घटना हुंदा दुई जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया