• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

ओलीले भने, ‘कोशीमा मध्यावधि रोक्न विद्रोहीलाई समर्थन गर्‍यौं’


  •   आइतबार, असोज २८, २०८० मा प्रकाशित
  • प्युठान । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले कोसी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्न कांग्रेस बिद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ।
    बिजुवारमा एमालेका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहीलाई समर्थन गरेको बताउनुभयो । ओलीले भन्नुभयो, ‘कोशी प्रदेशमा मध्याधिमा जाने अवस्थामा पुग्यो । हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठूलो खर्च हुन्छ। त्यसैले यो पल्ट जोसुकैलाई सहयोग गरेर भए पनि मध्यावधिमा जानबाट जोगाएका हौँ ।’

    Advertisement

    ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदहरुले विद्रोह गरेको उल्लेख गर्नुभयो । ‘कांग्रेसका केही साथीहरुले किन विद्रोह गर्नुभयो ?,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका नेताहरुले पुष्पकमल दाहालले जे भन्छन् त्यहि मान्न थालेपछि विद्रोह गरेका हुन् ।’

    कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछि लागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उहाँको भनाई थियो । ‘केही विद्रोही चेत पनि चाहिने रहेछ,’ ओलीले भन्नुभयो ।

    ओलीले ०८४ को निर्वाचनमा हरेक वटादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न आग्रह गर्नुभयो । ‘हरेक वटाबाट एमाले एक्लैले ५१ प्रतिशत भन्दा बढी ल्याउनुपर्छ । नेकपा (एमाले)ले आफ्नै शक्ति निर्माण गर्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘जनताको शक्ति निर्माण गर्नुपर्छ । विभिन्न जनविरोधीहरुसँग मिलेर होइन परिवर्तनगामी शक्तिसँग मिलेर अघि बढ्नुपर्छ ।’

    ओलीले सुशासन विरोधी शक्तिहरुसँग मिलेर सुशासन ल्याउन नसकिने दाबी गर्नुभयो । ‘भ्रष्ट तत्वहरुसँग मिलेर सदाचारी शासन चलाउन सकिन्न । त्यसैले हरेक ठाउँबाट एमालेलाई एकल बहुमत चाहिएको छ,’ ओलीले भन्नुभयो, ‘हरेक पालिकाहरुबाट, वडाहरुबाट, प्रदेशबाट, केन्द्रबाट सबैतिरबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ । त्यसका लागि सबै साथीहरु एक ताल एक लयका साथ अघि बढ्न आग्रह गर्दछु ।’ उहाँले धेरै बाजाहरु बजे पनि एउटै ताल हुने दृष्टान्त उल्लेख गर्दै एमाले एकै ताल एकै सुरमा अघि बढ्नुपर्छ भन्नुभयो । ‘एमालेका नीति, निर्णयमा एकै ताल, एकै सुरमा हिड्नुपर्छ,’ ओलीले भन्नुभयो, ‘अराजकता स्वच्छाचारिता लोकततन्त्र होइन । देशका लागि, जनताका लागि जानेर बुझेर सकारात्मक सोचका साथ सबै लाग्नुपर्छ ।’ उहाँले युवा पुस्तालाई अघि बढाउने एमालेको नीति भएको भन्दै नदीले कुनै पनि भँगालो मिसिएपछि भेदभाव नगर्ने दृष्टान्त उल्लेख गर्नुभयो ।
    कोसि प्रदेशमा कांग्रेस शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेतको समर्थनमा केदार कार्की मुख्यमन्त्री हुनुभएको हो ।

    आइतबार, असोज २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation