काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । चीनमा जारी १९औं एसियन खेलकुदमा नेपालका तर्फबाट विश्वकीर्तिमानी गरेपछि नेपाल प्रहरीको जवानमा पदमा कार्यरत ऐरीको बढुवा भएको हो ।
Advertisement
क्रिकेटमा विश्वकीर्तिमानी राखेको सम्मानमा उनलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । चीनमा आयोजित एसियन गेम्सअन्तर्गत क्रिकेटमा ऐरीले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाउँदै विश्वकीर्तिमान रचेका हुन् । भारतीय ब्याट्सम्यान युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतकको विश्वकीर्तिमानी ऐरीले तोडेका हुन् । नेपाल प्रहरीको क्रिकेट टिममा ऐरीले कप्तानीको भूमिकासमेत निर्वाह गरिरहेका छन् ।
निकै संघर्ष गरेर सुदूरपश्चिमबाट क्रिकेटमा उदाएका दीपेन्द्रले दुर्लभ किर्तिमान बनाएपछि चर्चामा छन्।