मधुसुदन पोख्रेल, प्यूठान। प्यूठान नगरपालिका वडा नंवर ६ मा गत आर्थीक वर्ष २०७९÷०८० मा २ करोड बढि वजेटको योजनाहरु सम्पन्न भएका छन । गत आर्थीक वर्षमा वडा, नगरपालिका, प्रदेश सरकार, राष्ट्रपती शैक्षीक सुधार, मुख्यमन्त्री शैक्षीक सुधार तथा सडक बोर्डको बजेट कार्यान्वयन भएको वडा अध्यक्ष नरेन्द्र पुन मगरले बताए ।
आर्थीक वर्ष ०७९÷०८० मा नगरसभाबाट स्वीकृत बजेट १ करोड १६ लाख , मेयर र उपमेयर कोष अन्तर्गत ५ लाख, राष्ट्रपती शैक्षिक सुधार अन्तर्गत ६ लाख, मुख्यमन्त्री शैक्षिक सुधार अन्तर्गत १ लाख ३० हजार, प्रदेश सरकार अन्तर्गत ६९ लाख, सडक बोर्ड अन्तर्गत २२ लाख गरी जम्मा २ करोड १९ लाख ३० हजार रुपैया कार्यान्यन भएको मगरको भनाई छ ।
पुरानै शैलिमा काम
नयाँ जनप्रतिनिधी आएको साढे एक वर्ष वितिसकेको छ । वडामा नयाँ खालका जनप्रतिनिधी आए पनि पुरानै शैलिमा कामगरेको देखिन्छ । बजेट विनियोजन पनि पुरानै शैलिमा वितरण भएका छन । साना साना योजनामा बजेट खर्चेर दिगो काम हुन नसेको सरोकारवालाहरु बताउछन । शनिबार वडाकार्यालयको वार्षिक समिक्षा कार्याक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन ।
पहिलेको समयमा गाउँगाउँबाट योजना छनोट हुन्थे भने हाल ५ जना प्रतिनीधीले बजेट मिलाउन खोज्दा समान्नतर बजेट र काम हुन नसकेको गाउँका अगुवाहरु बताउछन। साथै कुन ठाउँमा कती बजेट पर्यो भन्ने कुरा पनि स्थानीयबासीलाई थाहा नहुने गुनासो गरेका छन ।
प्यूठान नगरपालिका ६ मा २ करोड बढी खर्च
प्यूठान नगरपालिका ६ मा २ करोड बढी खर्च

Advertisement
तपाईको प्रतिक्रिया