अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको मुसिकाेट नगरपालिका वडा नं १ पौदीअमराइका वडाध्यक्ष माेहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।
बिहान करिव ५ बजे आसपास फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे बिहान साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा घरबाट करिब डेढ घण्टाको दुरीमा घन्टुङ भन्ने जंगलमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले बताउनुभयो ।
मृतक वडाअध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा “परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुदो रहेनछ । प्रीय अनिता; साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाई सुभ चिन्तक सबै संग माफी चाहान्छु। अल बिदा ।” यस्तो स्टाटस लेखेका छन् ।
शुक्रवार अपरान्ह घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केकाे पारिवारिक श्राेतले जनाएकाे छ । घिमिरे नेपाली कांग्रेस मुसिकाेट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।
गुल्मीमा वडाध्यक्ष घिमिरे मृत फेला
गुल्मीमा वडाध्यक्ष घिमिरे मृत फेला
![](https://kamanadaily.com/wp-content/uploads/2023/08/received_335508192161705.jpeg)
Advertisement
तपाईको प्रतिक्रिया