प्यार अलि खान,प्युठान। जीवनको उत्तरार्धमा रहेका ९० वर्षीय आत्मराम जैशीले ओछ्यानमै राष्ट्रिय परिचय पत्रको विवरण भराउन पाए।
गाउँका स्थानीयहरु नजिकैको वडा कार्यालयमा परिचय पत्र प्रविष्ट गराउन जाँदा जैशी भने जान सकेनन्। उनि असक्त थिए। वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले कम्प्युटर अपरेटरलाई साथ लिई उनको घरमै पुगेर उनको काम गरिदिए।
भेष कुमारी खड्का उमेरले ८२ वर्ष पुगिन्। असक्त रहेकी खड्काको पनि उनी भएको विस्तरामै पुगि पोख्रेल सहितको टोलीले परिचय पत्र प्रविष्ट गर्ने काम गर्दा उनी खुशिले दङ्ग भईन।
दुबै खुट्टा नचल्ने ७१ वर्षीय देवी बहादुर खड्काको पनि ओछ्यानमै परिचय पत्रको विवरण भर्न पाउँदा उनिमा पनि खुशीको सीमा थिएन। मेरुदण्ड भाँचिएका तथा पक्षघात भएका चुरा बहादुर खड्काले पनि घरमै राष्ट्रिय परिचय पत्रको प्रविष्ट गराउन पाए। खड्काले भने, ‘युवा अध्यक्ष हुन उनिबाट गाउँले धेरै आशा राखेको छ।’
झिमरुक गाउँपालिका – २ ले वडा भित्रका जेष्ठ नागरिक, असक्त, अपाङ्ग नागरिकहरुलाई घरमै पुगि परिचय पत्र बनाउने काम सम्पन्न गरेको छ।
वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलका अनुसार यहि असार २६ गतेदेखि साउन ११ गतेसम्म वडा भित्रका ११ सय २६ जनाको राष्ट्रिय परिचय पत्र प्रविष्ट गरेको हो।
अपरेटरलाई साथमा लिएर वडा अध्यक्ष पोख्रेल घरमै पुगि परिचय पत्र बनाउन सहयोग पुर्याएकोमा वृद्ध तथा वृद्धाहरु खुशी भएका छन् भने उनको कामको प्रशंसा भएको छ।
ओछ्यानमै राष्ट्रिय परिचय पत्र
ओछ्यानमै राष्ट्रिय परिचय पत्र
![](https://kamanadaily.com/wp-content/uploads/2023/07/received_1032199484608662.jpeg)
Advertisement
तपाईको प्रतिक्रिया