शिव सुवेदी, काठमाडौ। कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा भारतीय र नेपाली नाेट सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाकाे कपिलवस्तु नगरपालिका १ नयाँवजारबाट १४ लाख ९८ हजार भारतीय र २३ लाख नेपाली गरि जम्मा ४८ लाख रुपैयाँ सहित मगंलवार साझँ स्थानिय सुनिल गुप्तालाई पक्राउ गरेको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम वस्नेतले जानकारी दिए । वस्नेतका अनुसार भारतीय नाेटकाे काराेवार भैरहेकाे भन्ने विशेष सुचनाका आधारमा गुप्तासङै उक्त पैसा वरामद भएको वताए । ठुलाे परिमाणमा भर्खरै पैसासङै एक जनालाई पक्राउ गरेकाे र प्रारम्भिक अनुसन्धानवाट भारतीय पैसाकाे काराेवार गर्ने वुझिएकाे भन्ने वुझिएकाे समेत प्रहरीले जानकारी दिएको छ । घटनाकाे वारेमा थप अनुसन्धान भैरहेकाे छ । पछिल्लो समय कपिलवस्तु प्रहरीको सक्रियताले जिल्लामा विभित्र अपराधीक क्रियाकलापसङै तस्करीका समेत घटनामा धेरै कमि आएको छ ।
४८ लाख नगद सहित एक जना पक्राउ
४८ लाख नगद सहित एक जना पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया