• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

शिक्षा प्रणाली सुधार्न जरुरी छ


  •   बुधबार, असार १३, २०८० मा प्रकाशित
  • शिक्षाले विद्यार्थीमा ज्ञानको खोजी गर्ने वानीको विकास गराउन सक्नुुपर्छ । शिक्षालेविद्यालयबाट प्रदान गरिने सैद्धान्तिक सिकाइलाई वास्तविक जीवनसंग जोड्न सक्नुुपर्छ । शिक्षाले वालवालिकालाई आफ्नो व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय समस्याको समाधान गर्न सक्ने बनाउन सक्नुुपर्छ । शिक्षाले विद्यार्थीहरुमा अधिकार स्वतन्त्रता र समानताको प्रर्वधन गराउन उचित भुुमिका निभाउन सक्नुुपर्छ । विद्यालयमा सिकेको कुुराहरुले विद्यार्थीमा स्वस्थ जीवन यापनमा सहयोग पुु¥याउनुुपर्छ । शिक्षाले विद्यार्थीहरुको तार्किक विश्लेषण गरी निर्णय गर्न सक्ने, वैज्ञानिक विश्लेषणका आधारमा व्यक्ति, समाज र राष्ट्रको दिगो विकासमा योगदान पुु¥याउन सक्ने क्षमताको विकास गराउन सक्नुु पर्छ । साथै हरेक विद्यार्थीमा नैतिक आचरण,सामाजिक सदभाव र पर्यावरणीय सन्तुुलन प्रति संवेदनशिल बनाउदै दिगो शान्तिको लागि प्रतिवद्ध रहने क्षमताको वृद्धि गर्न पनि शिक्षाको अति आवश्यक छ । शिक्षाले आधुुनिक ज्ञान, सीप, सूूचना तथा सञ्चार प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरुलाई स्वावलम्वी र व्यवसायमुुखी गराउन सक्नुुपर्छ । शिक्षाले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय आदर्शको सम्मान गर्न सक्ने, सिर्जनशिल, कल्पनाशिल, उद्यमशिल एवम् उच्च सोच र आदर्शमा आधारित व्यवहार गर्ने, स्वावलम्वी, देशभक्त, परिवर्तनमुुखी, चिन्तनशिल एवम् समावेशी समाज निर्माण गर्न सक्ने नागरिकहरुको उत्पादन गर्न आवश्यक छ ।
    नेपालको संविधानले शिक्षा सम्वन्धी हकलाई मौलिक हकमा राखिसकेको छ । साथै राज्यका निर्देशक सिद्धान्तमा शिक्षालाई नागरिकका आधारभुुत आवश्यकताको रुपमा राखी सवै नागरिकलाई शिक्षाको अवसर उपलव्ध गराउनुु राज्यको दायित्व रहेको विषय प्रष्ट पारिएको छ । आम नेपाली जनताहरुले आशा गरेका दिगो शान्ति, सुुशासन, विकास र समृद्धिलाई पुुरा गर्ने सपना नेपालको संविधानले देखेको छ र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रातमक शासन व्यवस्था समेत हात पारी तिनै तहको सरकार हाम्रो सामुु सक्रिय छन् ।तिन तहका सरकारहरु मध्ये माध्यमिक तह सम्मको शैक्षिक व्यवस्थापन गदै असल, मेहनेती, इमान्दार विद्यार्थी उत्पादनको लागि स्थानिय तहले जिम्मा लिइसकेको छ। राष्ट्रको उन्नति र समृद्धिको मूूल आधार शिक्षा नै हो। शिक्षा क्षेत्र सक्षम रहन सके मात्र देशमा आवश्यक पर्ने आर्थिक, सामाजिक, राजनैतिक, सास्कृतिक तथा कानुुनी शासन सञ्चालन को निमित्त सक्षम नागरिक उत्पादन गर्न सकिन्छ । हाल हामीले देखिरहेको नेपाली राजनैतिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा सास्कृतिक परिवेश सन्तुुलित, सक्रिय, सक्षम र समावेशी देखिदैनन् यि सबै शिक्षाका उपज हुुन ।स्नातक तथा स्नातकोत्तर जस्ता उच्च तहका शिक्षित हाम्रा देशका युुवा सरकारी जागिरको लागि १० औँ वर्ष विताउछन् र असफल हुुन्छन् र आफ्नो उर्वर जीवनको वर्वादी गर्दछन्, समाज र राष्ट्रको त के आफ्नो व्यक्तिगत जीवन समेत सार्थक बनाउन नेपाली भुुमि र नेपाली वातावरणमा असम्भव प्राय नै ठान्दछन् । फलस्वरुप वैदेशिक रोजगार वैदेशिक भुुमिलाई आफ्नो अन्तिम गन्तव्य र भविष्यको गोरेटो वनाउन पुुगेका छन् ।
    आज नेपालीसमाजमा युुवाहरुको संख्या सुुन्यप्राय भइसकेको छ । गाँउहरु वस्ती विहिन भइसकेका छन्। गरिव मूूलकको धेरै धन राशी खर्च गरी डोजर लगाई बाटो निर्माण गरिन्छ, ठूूलो धनराशी विदेसिन्छ तर गाउलेवासी गाउ मा नवसी आफ्नो बसाई सराउछन् र गाउ शुुन्य बनाउछन, गरिव मुुलकको धेरै पैसा खर्च गरी विद्यालय निर्माण गरिएमा छन्, विद्यालय भवनहरु निर्माण गरिएका छन्, पक्की भवन हावादार कक्षाकोठा, नया डेक्स वेन्च, नया सेतोपाटी, कपवोर्ड, वुुककर्नर, पुुस्ताकालय, हेडमास्तरको छुुटै अफिस, शिक्षक स्टाफको छुुट्टै शान्त स्टाफ कक्ष, प्रयाप्त शिक्षक दरवन्दीको व्यवस्था रहेको छ तर विद्यालयमा विद्यार्थी संख्या ज्यादै न्यूून छ । राज्यले यतिका धेरै लगानी लगायको क्षेत्रवाट उत्पादित जनशक्ति अर्थात शैक्षिक गुुणस्तरमा ठुुलो प्रश्न चिन्ह खडा भएको एउटा समस्या एकापट्टि छ भने अर्को पट्टि विद्यार्थी विनाको कराडौको विद्यालय भवन, हाम्रो शिक्षा नियमावलीमा व्यवस्था भए बमोजिम तराइ, पहाड र हिमाली क्षेत्रमा क्रमश ः पचास, पैतालिस र चालीस शिक्षक विद्यार्थी अनुुपात रहे पनि १ शिक्षक बराबर, १,५,१०,१५ विद्यार्थीको अनुुपातमा विद्यार्थी रहेका शिक्षकहरु जसलाईराज्यले तलब भत्ता कै लागि ठुुलो धनराशि खर्च गरेको छ, यसबाट राज्यको सम्वृद्धिमा तथा गरिबी निवारणमा कत्तिको टेवा पुुग.को छ या राज्यको लगाानी खेर गैरहेको छ ? यो सोचनिय विषय हो भने यसको सहि व्यवस्थापन अर्कातर्फको चुुनौती हाम्रो सामुु देखा परिसकेको छ । विद्यालयको शिक्षा प्रणालीले उत्पादन गरेको जनशक्तिले राज्यको समृद्धिमा कत्तिको सफलतापुुर्ण भाग लिन सक्छ एउटा चुुनौती हो भने राज्यले युुवा तथा शिक्षित वर्गलाई राज्यको समृद्धि र उत्पादन संग जोडेर कत्तिको अवसर सृजना गर्न सक्छ भन्ने अर्को चुुनौती हो ।
    गाऊ, वस्ती विहिन भएको छ, खेतवारी वाँझिएका छन्, युुवा वेरोजगारीको कारण तड्पिएको छ, सक्षम युुवा विदेश पलायन भइसकेका छन् र हुुने क्रम तीव्र छ, विद्यालय विद्यार्थी विहिन छ, शिक्षक ८,१० जना विद्यार्थी पढाएर जागिर खान्छ, कतिपय कार्यालयमा, कर्मचारी प्राय ः काम विना दिन विताइ धेरै तलव भत्ता खान्छन्, आवश्यकता भन्दा वढि सांसद र मन्त्रीहरु विना दिगो दृष्टिकोण र विना राष्ट्रियता मंहगो सेवा सुुविधा सहित राष्ट्र निमार्णको बिच बाटोमै अलमल परे जस्ता देखिन्छन् ।यस्तो देशको विकराल र जरजर समस्यामा शिक्षा प्रणाली कस्तो बन्ने, सवैभन्दा महत्वपुुर्ण चुुनौती बनी हाम्रो सामुु उभिएको छ ।
    राज्यको समृद्धि अव दिगो र सहि सोच विचार अनि पुुन ः योजना विना अगाडी बढ्न सक्दैन राज्यको ढुुकुुटी खर्च गरी अनावश्यक मोटरबाटो, अनावश्यक सभाहल जहाँ वर्षको २ पटक सभा बस्दैन अनावश्यक विद्यालयभवन जहाँ विद्यार्थी छैनन्, अनावश्यक शिक्षक कर्मचारी जसलाई ठूूलो राशिमा तलव भत्ताको व्यवस्था गर्नुुपर्छ, जस्ता गतिविधिबाट केहि सिमित व्यक्तिले रोजगारी प्राप्त त गर्लान, केही नेता तथा ठेकेदार मोटाउलान तर देशको दिगो विकास र समृद्धि यसले ल्याउन सक्दैन ।
    देशको शान्ति, सुुव्यवस्था र समृद्धि अव कोरा र सैद्धान्तिक शिक्षा, मात्र होइन अव व्यवहारीक सिप, र उत्पादन, स्वरोजगार, मेहनेती, इमान्दार र देश प्रेमी जस्तो विशेषतासहितको पाठ्यक्रम विद्यालय शिक्षामा आवश्यक छ। हरेक विद्यालयमा प्रदान गरिने शिक्षा विद्यार्थीको जीवन सहज वनाउन आवश्यक पर्ने हरेक सिपको विकास संग जोडिनुु पर्छ । हिजो र आजको जस्तो घोक्ने, कन्ठ गर्ने परीक्षामा राम्रो अंक लिने र सर्टिफिकेट प्राप्त गर्ने तर वजारमा, उत्पादनमा, स्वरोजगारमा, असफल बनाउन शिक्षा प्रणाली पुुरानो भैसकेको छ ।

    Advertisement

    हाम्रो देश कृषि प्रधान देश हो । अझै पनि कुुल ग्राहस्थ उत्पादनको २७.६ प्रतिशत कृषि क्षेत्रले योगदान पुु¥याएको छ, यो प्रतिशतलाई वृद्धि गर्ने, विद्यार्थीलाई उत्पादन संग जोड्ने खालको शैक्षिक प्राणी देशमा आवश्यक छ । विभिन्न प्रकारका प्राविधिक शिक्षा प्रधान गर्ने विद्यालयले सोही प्रकारका व्यवहारिक शिक्षा प्रधान गर्लान त्यो वेग्लै कुुरा हो तर अधिकांश साधारण धारका विद्यालयले कृषि लगायत अन्य उत्पादनमा जोड दिने कुुरा ठुुलो लाग्दैन, पालिकाले एक विद्यालय एक उत्पादनको निति कार्यक्रम ल्याउदा नराम्रो र असम्भव होला जस्तो पनि लाग्दैन ।कतिपय पालिकाका प्रमुुखले त शुुक्रबारका दिन क्अजयय िद्यबन विनाको दिन जुुनदिन विद्यार्थीहरु लाई बास्तविक जिवन उपयोगी सीप तथा अनुुभव दिने भन्ने ऋयलअभउतअगाडी बढाएको पाइयो त्यो राम्रै हो जस्तो लाग्छ । अघिल्लो कक्षा १० को अंगे्रजी पाठ्यपुुस्तकमा एउटा निबन्ध को रुपमा प्रस्तुुत गरिएको “च्भबिखबलअभ इा क्ष्लखयखिष्लन क्अजयय ि न्चबमगबतभक क्ष्ल ऋयmmगलष्तथ क्भचखष्अभक”निकै सान्र्दर्भिक थियो यसलाई व्यवहारमा उतार्नुु पर्ने थियो ।
    विद्यालयमा विद्यार्थीलाई सिप सिकाउने,आत्म निर्भर बनाउने, स्वावलम्वी बनाउने, उनीहरु लाई उत्पादनसँग जोड्ने र राष्ट्रको समृद्धि र सुुखी नेपाली स्वस्थ नेपाली बन्ने कार्यक्रममा जोड्ने नै हो भने शैक्षणिक पद्धतिमा, शैक्षिक प्रणालीमा कोदालीबाट उत्पादन गर्ने, उत्पादनलाई क्यामराले खिच्ने, कम्प्युुटरको माध्यमबाट प्रचार प्रसार गदै, गदै र सिक्दै गरेका हरेक अनुुभवलाई कापी र कलमको माध्यमले लिखित दस्तावेज बनाउदै अनुुभवको आधारमा सिकाई गर्ने वातावरण आजको आवश्यकता हो । एक विद्यालय एक उत्पादन कार्य लाई विद्यालयीय शिक्षामा जोड्ने कामअसम्भव होला र ? नसकिएला र? के यस कार्यक्रमले विद्यार्थीको सोच, व्यवहार, चिन्तन र राष्ट्रियताको भावनामा परिवर्तन नल्याउला र ?

    लेखक : बोमबहादुर छन्तेल, गुल्मी मुसिकोट नगरपालिका वडा नं. ३, को पृथ्वी माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्छ।

    बुधबार, असार १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation