प्यूठान — भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि प्यूठान उद्योग वाणिज्य संघले ४ लाख ३ हजार ९ सय ३३ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघको परिपत्रअनुसार संघले बाढीपीडित सहायता कोषमा जम्मा हुने गरी उक्त रकम महासंघको केन्द्रीय कार्यालयमा पठाएको हो।
प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यका अनुसार जिल्लाका उद्योगी तथा व्यवसायीको तर्फबाट संकलन गरिएको रकम बाढीपीडितको राहत तथा सहयोगका लागि पठाइएको हो।
बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षासहित उक्त रकम पठाइएको अध्यक्ष आचार्यले बताए।
Advertisement