• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा


  •   बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
  • प्यूठान — प्यूठानका युवा नेता श्रीधर रोका नेतृत्वको टोली बाढीपीडितको उद्धार तथा राहतका लागि रसुवाको वेत्रावती पुगेको छ। कठिन र जोखिमपूर्ण यात्रा पार गर्दै प्रभावित क्षेत्रमा पुगेको टोलीले उत्तरगया गाउँपालिकामा करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो।
    टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमनसमेत गरेको जनाएको छ। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल र उपाध्यक्ष चमेली गुरुङलाई राहत सामग्री हस्तान्तरण गरिएको थियो।
    बाढीबाट प्रभावित तथा विस्थापित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राखेर राहत सामग्री जुटाइएको टोलीले जनाएको छ। करिब ५० परिवारलाई पुग्ने गरी छुट्टाछुट्टै सेट बनाएर सामग्री वितरण गरिएको हो।
    राहत सामग्रीमा जीवनजल, ग्लोभ्स, स्यानिटाइजर, मास्क, सिटामोल, खानेपानी, चाउचाउ, बिस्कुट, नुहाउने तथा लुगा धुने साबुन, ब्रस, कोलगेट र स्याम्पुलगायत सामग्री छन्।
    रोका नेतृत्वको टोलीमा जीवन गौतम, सुरज मगर, सागर पण्डित, प्रकाश पौडेल र विवेक विश्वकर्मा सहभागी थिए।
    प्रभावित क्षेत्रको अवस्था अवलोकनपछि रोकाले बाढीपीडितको अवस्था निकै पीडादायी रहेको बताए। उनका अनुसार बाढीका कारण ठूलो जनधनको क्षति भएको छ भने प्रभावित नागरिकको व्यवस्थापनसमेत सहज हुन सकेको छैन।
    ‘घटनास्थलमा पुग्दा अवस्था निकै हृदयविदारक देखियो। चारैतिर निराशा छ। पर्याप्त मात्रामा सुरक्षाकर्मीको उपस्थिति छैन। शव उठाउन सकिएको छैन भने बाँचेकाहरूको व्यवस्थापन पनि सहज रूपमा हुन सकेको छैन,’ उनले भने।
    विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएकाले जोखिम मोलेर भए पनि प्रभावित क्षेत्रमा पुगेको रोकाले बताए।
    उनका अनुसार बाढीबाट घरबार गुमाएका परिवारलाई खाद्यान्न, खानेपानी, स्वास्थ्य सामग्री तथा दैनिक उपभोग्य वस्तुको तत्काल आवश्यकता छ। राहत वितरणसँगै प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्ने र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले पनि टोलीले स्थलगत अनुगमन गरेको उनले बताए।
    राहत सामग्री बुझ्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष अर्याल र उपाध्यक्ष गुरुङले विपद्का बेला सहयोग लिएर प्रभावित क्षेत्रमा पुगेको टोलीप्रति आभार व्यक्त गरेका छन्।
    टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे थप जानकारी संकलन गर्दै आगामी दिनमा आवश्यक सहयोगका लागि पहल गर्ने जनाएको छ।

    Advertisement

    बिहिबार, भदौ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation