गुल्मी । भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकका लागि गुल्मीका यातायात व्यवसायीले ५ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला कार्य समिति गुल्मीको पहलमा जिल्लामा आबद्ध विभिन्न यातायात व्यवसायी संघ–संस्थाबाट उक्त रकम संकलन गरिएको हो। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न महासंघको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमार्फत पठाइने जिल्ला अध्यक्ष उत्तमबहादुर कुँवर ‘हिमाल’ले जानकारी दिए। सहयोग रकम गुल्मी यातायात प्रालि, आँगन यातायात प्रालि, मैत्री यातायात प्रालि र रुरु रेसुङ्गा यातायात प्रालिले संयुक्त रूपमा उपलब्ध गराएका हुन्।
विपद्को कठिन अवस्थामा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको महासंघले जनाएको छ।
भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
Advertisement
तपाईको प्रतिक्रिया